November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।
July 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चीनमा सुरु हुने प्रथम थाउलु र दोस्रो शान्ता एसिया कपमा दुई नेपाली उसु खेलाडीले भाग लिने भएका छन्। चिलिङ शहरमा असार १८ देखि २३ गते सम्म ( जुलाई २ देखि ७ तारिख सम्म) हुने प्रतियोगिताको थाउलुमा दीपक हमाल र सान्ताको ९० केजी तौल समूह मुनी शिवजी सिलवालले प्रतिस्पर्धा गर्ने भएका छन्। राष्ट्रिय […]
January 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाइड एन्ड सिक किन्डर गार्टेनले ११औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता उसुका आङबाबु लामालाई सम्मान गरेको छ । वनस्थलीको ढुंगेधारास्थित किन्डर गार्टेनले शुक्रवार आफ्नो १२औं वार्षिकोत्सवका अवसरमा सागका स्वर्णविजेता उसुका पूर्वखेलाडी तथा प्रशिक्षक लामालाई सम्मान गरेको हो । किन्डर गार्टेनकी निर्देशक इन्दिरा गौतम र संस्थापक प्रिन्सिपल कुमुद भट्टले सागका […]
October 27, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली उसु खेलाडी विजय सिन्जालीले उसुको थाउलो विश्व कपमा कास्य पदक जितेका छन्। जापानको योकाहा सहरमा जारी तेस्रो विश्व कपको मेन्स जान्सुमा ९.६३६ अंक प्राप्त गर्दै विजयले नेपालका लागि एतिहासिक पदक जितेका नेपाल उसु महासंघका महासचिव ल्हाक्पा छिरिङ लामाले जानकारी दिए। सो इभेन्टमा मलेसियाका खेलाडीले स्वर्ण र जापानका खेलाडीले रजत पदक […]
October 22, 2024
काठमाडौं (हाम्रो खेलकुद )- नेपाली उसु खेलाडीले जापानको टोकियोमा हुने तेस्रो थाउँलो वर्ल्डकप २०२४ भाग लिने भएका छन् । टोकियोस्थित योकोहा शहरमा वर्ल्ड कप कात्तिक ७ देखि १२ गते सम्म हुने बताइएको छ। दीपक हमाल, विजय सिंजाली, निमा घर्ती मगर, पासाङ शेर्पा र राजिव तामाङले वर्ल्ड कपमा भाग लिने बताइएको छ। नेपाल उसु महासंघका महासचिव […]
February 29, 2024
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर जिल्ला खेलकुद विकास समिति र ललितपुर जिल्ला उसु संघको संयुक्त आयोजनामा प्रथम विपी स्मृति राष्ट्रिय उसु प्रतियोगिता २०८१ को वैशाखमा हुने भएको छ । प्रतियोगितामा सान्डा (फाइट) तर्फ मात्र प्रतिस्पर्धा हुने ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । वैशाख १३ गते सुरु […]
July 7, 2023
काठमाडौं (हाम्रो खेलकुद) – शिअ उसु क्वान तेश्रो अन्तर क्वान खुला राष्ट्रिय उसु प्रतियोगितामा शुक्रबार टिम च्याम्पियन बनेको छ । ४ स्वर्ण र ७ रजतसाथ शिअ समग्रमा टिम च्याम्पियन बनेको हो। दोश्रो भएको काठमाडौं उसु क्वानले ४ स्वर्ण र ३ रजत जित्यो । तेश्रो स्थानको निन्जा उसु क्वानले समान ३–३ स्वर्ण/रजत हात पा¥यो । शीर्ष […]
July 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – निन्जा उसु क्वानका विपन थापा र कालभैरव उसु क्वानकी अस्मिता श्रेष्ठले तेश्रो अन्तर क्वान खुला राष्ट्रिय उसु प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् । छाङ छ्वानको पुरुषमा विपन तथा महिला अस्मिताले स्वर्ण जितेका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमा विपनले ८.५५ अंक जोडे । बुलबुले उसु क्वानका सुरेश […]
July 5, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल उसु महासंघको आयोजनामा तेश्रो अन्तर क्वान खुला राष्ट्रिय उसु प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमा बुधबारदेखि सुरु भएको छ । प्रतियोगिताको पूर्व संघीय मन्त्री विना मगरले एक कार्यक्रमबीच उद्घाटन गरिन् । प्रतियोगितामा विभिन्न ३४ क्वानका १ सय २० पुरुष तथा ८० महिला गरी २ सय खेलाडीको सहभागिता […]
June 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – चीनको होङझावमा हुने १९ औं एसियाली खेलकुदअन्तर्गत उसुका लागि छनोट भएका खेलाडीको सम्मानमा नेपाल उसु महासंघले बुधबार बधाइ ज्ञापन गरेको छ । सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदसय समेत रहेका नेपाल उसु महासंघका अध्यक्ष जनक बर्तौलाले खेलाडीलाई उच्च मनोबलका साथ तयारीमा जुट्न आग्रह गरे । एसियाडका लागि उसुको थाउलोमा ७ र […]