default_image

ई-स्पोर्ट्स

February 29, 2024

स्पोर्टस् कनेक्ट अर्को महिना आयोजना हुने

काठमाडौं (हाम्रो खेलकुद)– माइस इन्टरनेसनल सर्भिस प्रा.लि. र नेपाल इस्पोर्ट्स एसोसिएसन (नेसा) ले संयुक्त रुपमा अर्को महिना स्पोर्ट्स कनेक्ट आयोजना गर्ने भएको छ । नेपाल ओलम्पिक कमिटि (एनओसी) सहित खेलका विभिन्न संगठन र संस्थाबीच नेटवर्किङ र समन्वय गर्ने पहिलोपल्ट यस्तो खालको कार्यक्रम आयोजना गर्न लागिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा माइस इन्टरनेसनलका प्रबन्ध निर्देशक दीपक थापाले […]

September 30, 2023

पब्जी एसियाडमा नेपाल सेमिफाइनलमै रोकियो

हाङ्गचौ (हाम्रो खेलकुद) – नेपालको पब्जी टोली १९ अ‍ौं एसियाली खेलकुद अन्तर्गत पिस एलिटको सेमिफाइनल चरणमा रोकिएको छ । शनिबार विहान हाङ्गचौं ईस्पोर्टस सेन्टरमा भएको सेमिफाइनलमा नेपाल तेस्रो स्थानमा रहेपछि फाइनल पुग्न असफल रह्यो । नेपालले समूहमा जापानलाई भने पछि पार्न सफल भयो । यस समूहबाट दक्षिण कोरिया र चाइनिज ताइपेइ शीर्ष २ स्थानमा रहँदै […]

September 29, 2023

नेपाल एसियाड पब्जीको सेमिफाइनलमा

सुबास हुमागाईं, हाङ्गचौ १९ अ‍ौं एसियाली खेलकुद अन्तर्गत नेपालको पिस एलिट एसिया गेम्स (पब्जी) को सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलको समूह सी मा नेपाल शीर्ष दुई स्थानमा रहँदै सेमिफाइनल चरणमा स्थान बनाउन सफल भएको हो । नेपाल रहेको समूहबाट हङकङ समूह विजेता बन्दै अघि बढेको हो ।  नेपालले पहिलो चरणमा दोस्रो स्थान हासिल गरेपछि […]

August 26, 2023

पब्जी टोली डिआरएसलाई ‘युथ आइकन नेपाल’ पुरस्कार

काठमाडौं (हाम्रो खेलकुद) – मोबाइल इगेमिङको माध्यमबाट नेपाललाई विश्वभर चिनाएको भन्दै द रिअल सोल्जर्स (डिआरएस) गेमिङलाई रु. एक लाखको ‘युथ आइकन नेपाल’ पुरस्कार प्रदान गरिएको छ । युनिभर्सल कलेज र फिनिक्स कलेजको आयोजनामा काठमाडौं युथ कनक्लेभ (केवाइसी) २०८० मा टोलीलाई पुरस्कृत गरिएको हो । कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको सभाहलमा भएको कार्यक्रममा गीत, संगीत, हास्यब्यङ्ग्यसहित देशका ख्यातिप्राप्त […]

August 24, 2023

एसियाडमा पब्जीबाट पदकको आशा, तयारीमा निराशा

सुबास हुमागाईं, काठमाडौं एसियाको खेल क्षेत्रको महाकुम्भ एसियाली खेलकुदको १९ औं संस्करण सुरु हुन एक महिना बाँकी छ । नेपालबाट २ सय भन्दा खेलाडी एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्न अन्तिम तयारीमा जुटेका छन् । पछिल्लो दुवै संस्करण १-१ पदकमा सिमित नेपालको यसपटक सबैभन्दा ठूलो आशा ई-स्पोर्ट्सको पब्जी खेलमा अडिएको छ । विश्व च्याम्पियनसिपकै उपविजेता बन्न सफल […]

July 17, 2023

डिआरएसले जित्यो २ करोड २० लाख पुरस्कार

काठमाडौं (हाम्रो खेलकुद) – प्लेयर्स ब्याटल अन्डरग्राउन्ड (पब्जी) मोबाइलको विश्वभरका शीर्ष टोली आमन्त्रण गरिएको पब्जी मोबाइल वर्ल्ड इन्भीटेसनल २०२३ मा नेपालको द रियल सोल्जर्स (डिआरएस) गेमिङ ले २ करोड २० लाख रुपैयाँ बराबर पुरस्कार रकम जितेको छ । डिआरएसले अलस्टार स्टेजमा तेस्रो स्थान हासिल गर्दै मेन इभेन्टमा स्थान पक्का गरेको थियो । डिआरएसले अलस्टार स्टेजमा […]

June 21, 2023

पब्जी टोली मकाउ प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – पब्जी मोबाइलमा सहभागी हुन ५ सदस्यीय नेपाली टोली बुधबार मकाउ प्रस्थान गरेको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र सदस्य अञ्जन धमलाले बुधबारै एक कार्यक्रमबीच बिदाइ गरे । सुविनकुमार प्रजापति (रुल्ज) को नेतृत्वमा जाने टोलीका अन्य खेलाडीमा साहस भण्डारी (किलर वाइटी), समिर गुरुङ (ग्यान्टे), दिपेश गुरुङ (डेल्टा) र […]

January 8, 2023

पब्जी विश्वकपमा डीआरएस दोस्रो, जित्यो ३ करोड ८६ लाख

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको द रियल सोल्जर्स (डीआरएस) ले पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप २०२२ मा दोस्रो स्थान हासिल गरेको छ । पब्जीको विश्वकप मानिने प्रतियोगितामा उपविजेता बनेसँगै डीआरएसले पुरस्कारस्वरूप कुल २ लाख ९२ हजार अमेरिकी डलर (३ करोड ८६ लाख नेपाली रुपैयाँ) पुरस्कार जितेको छ । प्रतियोगिताको अन्तिम चरणको खेल बाँकी हुँदासम्म उपाधि होडमा […]

December 4, 2022

डीआरएस पनि पब्जी विश्वकपको अन्तिम चरणमा छनोट

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको पब्जी टोली द रिअल सोल्जर्स (डीआरएस) पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपको अन्तिम चरणमा छनोट भएको छ । यसअघि नेपालकै ट्रेन्ड टु किल (टि२के) छनोट भएको प्रतियोगितामा डीआरएस तेस्रो चरण पार गर्दै छनोट भएको हो । यससँगै दुवै टोलीले कम्तिमा १ करोड नेपाली रुपैयाँ पुरस्कार पाउने पक्का भएको छ । गत आइतबार […]

November 27, 2022

टि२के पब्जी विश्वकपको अन्तिम चरणमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको पब्जी टोली ट्रेन्ड टु किल (टि२के) पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपको अन्तिम चरणमा छनोट भएको छ । आइतबार सम्पन्न पहेंलो समूहको खेलमा समग्रमा तेस्रो स्थान हासिल गर्दै टि२केले अन्तिम चरणमा स्थान बनाएको हो । यसअघि नेपालबाट सहभागी द रियल सोल्जर्स (डिआरएस) र स्काइलाइट्ज गेमिङले भने शीर्ष ११ मा रहँदै सर्भाइभल चरणका […]

Success

Thank you for your time.