default_image

मार्सल आर्टस्

December 14, 2024

ओलम्पियन संगिना नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं महानगरपालिकाले तेक्वान्दोकी ओलम्पियन संगिना वैद्यलाई शनिवार नगदसहित सम्मान गरेको छ । काठमाडौं महानगर स्थापनाको ३० औं महानगर दिवसका अवसरमा आयोजित कार्यक्रममा तेक्वान्दो खेल मार्फत स्वदेश तथा विदेशमा नेपालको गरिमा बढाउन तथा नेपालको खेलकुद क्षेत्रको विकास गर्न पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । संगीनालाई उपराष्ट्रपति रामसाहय प्रसाद यादवले १ लाख […]

December 12, 2024

गणेशमान सिंह स्मृति राष्ट्रिय खुला किक बक्सिङ सुरु

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर जिल्ला किक बक्सिङ संघको आयोजनामा छैटौं गणेशमान सिंह स्मृति राष्ट्रिय खुला किक बक्सिङ चापागाउँमा बिहीवार सुरु भएको छ । पहिलो दिन पुरुष ५५ केजीमुनि नेपाल क्योकुसिनका एलिस बम्जन, आर्मीका जनकबहादुर धामी, डन किक बक्सर्सका आशिक कोल्ह र आर्मीका प्रवीण माझी सेमिफाइनलमा प्रवेश गरेका छन् । महिला ४५ केजीमुनि एपिएफकी रिना माझी, […]

December 9, 2024

भियतनाममा नेपाली तेक्वान्दो खेलाडीलाई ८ पदक

काठमाडौं (हाम्रो खेलकुद)- भियतनाममा भएको एसियन पुलिस तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीले ८ पदक जितेका छन् । जसमा ४ स्वर्ण, १ रजत र ३ कास्य पदक छन्। निशा दर्नाल र जितबहादुर बोटले दोहोरो स्वर्ण पदक जितेका छन् । उनीहरुको जोडीले ३० वर्ष मुनिको प्रतिस्पर्धामा स्वर्ण पदक जितेको छ । त्यस्तै व्यक्तिगत महिला पुम्सेको ३० वर्ष मुनि […]

December 2, 2024

एसियन प्यासिफिक सितोरियो करातेमा गुरुङ निर्वाचित

काठमाडौं (हाम्रो खेलकुद)- एसियन प्यासिफिक सितोरियो कराते महासंघको अध्यक्षमा दावा गुरुङ निर्वाचित भएका छन् । सिंगापुरमा आइतवार भएको बिशेष अधिवेशन ( कंग्रेस) मा नेपाल सितोरियो कराते संघका अध्यक्ष समेत रहेका गुरुङ निर्वाचित भएका हुन् । एसियन प्यासिफिकमा सहभागी २८ राष्ट्रमा खसेको २३ १८ मत प्राप्त गरि गुरुङ निर्वाचित भएको नेपाल सितोरियो कराते संघका प्रवक्ता गजेन्द्र […]

December 1, 2024

न्युजेनका खेलाडी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- न्युजेन स्पोर्टस एकेडेमीले सातौं टिआइए अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका आफ्ना खेलाडीलाई सम्मान गरेको छ। गत वर्ष भारतको पश्चिम बंगालको कोलकातामा भएको च्याम्पियनसिपमा न्युजेनका ७ खेलाडीले‌ स्वर्ण पदक जितेका थिए। सम्मानित हुनेमा निजानन्द थापा, युस्मा स्याङतान, आयुष्मा चन्द, सम्राट सिंह,सक्षम दुलाल, श्रृष्टि स्याङ्बो र रक्षा मगरले स्वर्ण पदक जितेका थिए। उनीहरूका […]

November 30, 2024

एसियन प्यासिफिक कराते – नेपाललाई २ स्वर्णसहित ९ पदक

काठमाडौं (हाम्रो खेलकुद)- सिंगापुरमा सन्चालन भएको १६ ओै एशियन प्यासिफिक सितोरियो कराते प्रतियोगितामा नेपालले २ स्वर्ण, २ रजत र ५ कांस्य गरि कुल ९ पदक जितेको छ । नेपालको लागि सिनियर महिला तर्फ ६८ केजी तौल भन्दा माथि समुहमा १९ ओै एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङले नेपाललाई स्वर्ण पदक दिलाइन् । त्यसैगरि महिला […]

November 29, 2024

एसियन प्यासिफिक कराते – रेहान र प्रोसियाले जिते कास्य पदक

काठमाडौं (हाम्रो खेलकुद)- रेहान जाभेद र प्रोसिया चौधरीले सिंगापुरमा जारी एसियन प्यासिफिक सितोरियो कराते डो च्याम्पियनसिपमा नेपालले पहिलो कांस्य पदक दिलाएका छन् । च्याम्पियन्सिपमा शुक्रवार रेहानले १४-१५ वर्ष उमेर समूहमा कांस्य पदक जितेको टोलीका प्रशिक्षक मन्देकाजी श्रेष्ठले जानकारी दिए। प्रिक्वार्टफाइनलमा युएईका सुदन एनके र क्वार्टरफाइनलमा श्रीलंकाका यास जेतीलाई हराएका रेहान सेमिफाइनलमा जापानका कान्ता फुकीसँग पराजित […]

November 29, 2024

आयशासहित ६ खेलाडीले वर्ल्ड च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यसहित ६ खेलाडीले हङकङमा हुने वर्ल्ड तेक्वान्दो पुम्से च्याम्पियन्सिपमा भाग लिने भएका छन् । त्यसका खेलाडी टोली बिहीवार त्यसतर्फ प्रस्थान गरेको छ। च्याम्पियन्सिप मंसिर १५ देखि १९ गते सम्म हुनेछ ‌।आयशाले महिला व्यक्तिगत र बाबुल शिवाकोटीले पुरुष ४० वर्ष […]

November 25, 2024

महर्जनसहित ४ जना बागमती प्रदेश खेलकुद परिषद्को सदस्य नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेश सरकारले प्रदेश खेलकुद विकास परिषद्‌को सदस्यमा ४ जनालाई नियुक्त गरेको छ । प्रदेश सरकारको सोमवार बसेको मन्त्रिपरिषद बैठकले २ महिला सहित ४ जनालाई परिषद्‌को सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो । बैठकको निर्णय अनुसार परिषद्को सदस्यमा आठौं दक्षिण एसियाली खेलकुद (साग) मा करातेका स्वर्ण पदक विजेता ललितपुरका रवि महर्जन, […]

November 11, 2024

कान्तिपुर टिभीका सिइओ पछाई सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल तेक्वान्दो संघले कान्तिपुर टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत (सिइओ) शिशिर पछाईलाई सम्मान गरेको छ । विश्व तेक्वान्दोका अध्यक्ष अध्यक्ष चो ले जी.सी.एस्ले पछाईलाई सोमबार विशेष सम्मान गरेका हुन् । सातदोबाटोस्थित तेक्वान्दो संघमा आयोजित कार्यक्रममा नेपाली तेक्वान्दो खेल विकासमा योगदान गरेको भन्दै उनलाई सम्मान गरिएको हो । सो अवसरमा तेक्वान्दो संघले विश्व तेक्वान्दोका […]

Success

Thank you for your time.