default_image

क्रिकेट

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

December 4, 2025

चितवनलाई सुदूरपश्चिम प्रतिस्पर्धात्मक चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]

December 4, 2025

साहब एनपिएलमा ह्याट्रिक विकेट लिने पहिलो बलर

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं गोर्खाजका साहब अलाम नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा ह्याट्रिक विकेट लिने पहिलो बलर बनेका छन्। पोखरा एभेन्जर्स विरुद्धको खेलमा आज साहबले ह्याट्रिक सहित ६ विकेटको सफलता प्राप्त गरे। काठमाडौं १ सय ६५ रन डिफेन्ड गर्न उत्रदा साहबले जेसन रोयलाई बोल्ड आउट गर्दै आफ्नो पहिलो विकेट लिए। उनी पोखराको दोस्रो […]

December 4, 2025

चितवनविरुद्ध सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा‌ पुगिसकेको सुदुरपश्चिम रोयल्सले चितवन राइनोजविरुद्घ पहिला ब्याटिङ गर्ने भएको छ। चितवनका कप्तान कुशल मल्लले टस जितेर फिल्डिङ रोजेपछि सुदूरपश्चिमले ब्याटिङ गर्न लागेको हो । आजको खेल जितेमा सुदूरपश्चिम पहिलो क्वालिफायरमा पुग्नेछ। चितवनले जितेमा प्ले अफको सम्भावना जीवित राख्नेछ। दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको अपराजित […]

December 4, 2025

काठमाडौं गोर्खाज प्ले अफमा,साहबको ह्याट्रिक सहित ६ विकेट

काठमाडौं (हाम्रो खेलकुद)- साहब आलमले ह्याट्रिक सहित ६ विकेट लिएपछि दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा आज काठमाडौं गोर्खाज पाँचौं जितका साथ प्ले अफमा प्रवेश गरेको छ । पोखरा एभेन्जर्सलाई लाई १३ रनले हराउँदा काठमाडौं प्ले अफमा पुग्ने दोस्रो टिम बन्यो। काठमाडौंको जितमा साहबको ह्याट्रिकसहित ६ विकेट तथा बेन चार्ल्सवर्थ र भीम सार्कीले अर्धशतक प्रमुख […]

December 4, 2025

पोखरालाई काठमाडौंको प्रतिस्पर्धात्मक चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौं गोर्खाजले पोखरा एभेन्जर्सलाई १ सय ६६ रनको प्रतिस्पर्धात्मक चुनौती दिएको छ। काठमाडौंको बेन चार्ल्सवर्थ र भीम सार्कीले अर्धशतक बनाए। पोखराले टस जितेर फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६५ रन बानयो। काठमाडौंले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 4, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आजको पहिलो खेल काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ। पोखराले टस जितेर फिल्डिङ रोजेको छ। काठमाडौंले पहिला ब्याटिङ गर्नेछ । काठमाडौंले आजको खेल जितेमा प्ले अफ पक्का हुनेछ। अर्कोतर्फ पोखराले प्ले अफ सम्भावनालाई थप मजबुत बनाउन जित्नै पर्ने हुन्छ। काठमाडौंको‌ यो सातौं र पोखराको छैंटौं खेल […]

December 3, 2025

मार्करमको शतकमा भारतविरुद्ध दक्षिण अफ्रिकाको‌ जित

एजेन्सी – एडेन् मार्करमको शानदार शतक, म्याथ्यु ब्रिट्ज्के र डेवाल्ड ब्रेभिसको अर्धशतकले दक्षिण अफ्रिकाले ३ सय ५९ रनको ठूलो लक्ष्य पछ्याउँदै आज घरेलु टोली भारतलाई ४ विकेटले हराएको छ । दक्षिण अफ्रिकाको जितपछि ओडिआई सिरिजमा १-१ को बराबरी भएको छ। रायपुरको शाहिद वीर नारायण सिंह अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेल अत्यन्त रोमाञ्चक रह्यो। दक्षिण अफ्रिकाले […]

December 3, 2025

विराटनगरलाई हराउँदै लुम्बिनी चौथो स्थानमा

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले तेस्रो जित हात पारेको छ। विराटनगर किंग्सलाई आज ५ विकेटले हराउँदै लुम्बिनीले प्ले अफको संभावनालाई केहि सहज बनाएको छ। यो हारमा विराटनगरले एक खेल अगाडि प्ले अफमा पुग्ने मौका गुमाएको छ। जितको लागि १ सय ४५ रनको चुनौती पछाएको लुम्बिनीले १७.४ ओभरमा ५ […]

December 3, 2025

लुम्बिनीलाई‌ मध्यम लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई १ सय ४५ रनको चुनौती दिएको छ। टस जितेर लुम्बिनीका कप्तान रोहित पौडेलले पहिले बलिङ रोजे। पहिला ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४४ रन बनायो। विराटनगरको लागि ओपनिङ ब्याटिङको लागि दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस […]

Success

Thank you for your time.