default_image

आर्चरी

June 17, 2023

एसियाडका लागि आर्चरीका ४ खेलाडी छानिए

पोखरा (हाम्रो खेलकुद)- चीनको हान्जाउमा हुने १९औं एसियाली खेलकुद (एसियाड) का लागि ४ आर्चरी खेलाडी छनोट भएका छन् । छनोट हुनेमा २ महिला र २ पुरुष खेलाडी छन् । नेपाली सेनाकी मन्जु बजगाई रिकर्भरमा र सेनाकै इमायुङ राई कम्पाउन्डमा छनोट भएकी हुन् । मन्जु १०७० अंक र इमायुङ १३०३ अंकका साथ छानिएकी हुन् । नेपाल […]

October 19, 2022

नवौंको आर्चरीमा गण्डकी च्याम्पियन

पोखरा (हाम्रो खेलकुद– गण्डकी प्रदेश नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आर्चरीमा टिम च्याम्पियन बनेको छ । कूल १३ स्पर्धामा भएको प्रतियोगितामा गण्डकी सर्वाधिक ७ स्वर्ण, ४ रजत र १ कास्य पदकसहित १२ पदकका साथ विजेता बनेको हो । त्रिभुवन आर्मी क्लबले ३ स्वर्ण, १ रजत र ५ कास्यसहित कुल ९ पदकका साथ दोस्रो भयो । तेस्रो […]

October 18, 2022

आर्चरीमा गण्डकी अग्रस्थानमा

पोखरा (हाम्रो खेलकुद) – आर्चरीको तीन विधाको कुल १३ स्वर्णमध्ये ७ स्वर्णको छिनोफानो हुँदा गण्डकी प्रदेशले आर्चरीमा चार स्वर्ण जितेको छ । गण्डकीले दुई रजत र एक कास्य पनि जितेको छ । आर्मीले दुई स्वर्ण र चार कास्य तथा एपिएफले एक स्वर्ण, एक रजत र एक कास्य जितेको छ । पुलिसले एक रजत, एक काँस्य […]

October 18, 2022

अभावै अभावमा आर्चरी : खेल सकिन लाग्दा पनि सामाग्री आएन

पोखरा (हाम्रो खेलकुद) – बाहिर खुबै हर्ष छ, नवौं संस्करणमा आइपुग्दा आर्चरी खेलमा पहिलो पटक देशभरबाट यति धेरै खेलाडी र टोली सहभागी भएका छन् । भित्री मनमा भने असाध्यै पीडा छ, खेलको महाकुम्भ आयोजना गर्न खेलकुदको सर्वोच्च निकाय राखेपले आवश्यक खेल सामाग्री नै दिएन । आर्चरी खेलको विकास तथा विस्तारमा तन, मन, ध्यान लगाएका आर्चरी […]

October 18, 2022

आर्चरी – स्ट्याण्डर्ड टिममा गण्डकी र आर्मीलाई स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तरगत आर्चरीको स्ट्याण्डर्ड पुरुष टिम इभेन्ट्समा गण्डकी प्रदेश र महिलातर्फ आर्मीले स्वर्ण जितेको छ । दुर्गा घर्ती मगर, खड्ग घर्ती, रज्नु पुन र कृष्ण भण्डारी रहेको गण्डकीले सुदूरपश्चिम प्रदेशलाई पछि पार्दै स्वर्ण जितेका हुन् । नेपाल पुलिस क्लबले कास्यपदक जितेको छ । महिलातर्फ सोही विधामा सरद बिक, सारु […]

October 17, 2022

आर्चरीको फाइनल स्पर्धा मंगलबारदेखि

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्चरी खेलतर्फका फाइनल प्रतिस्पर्धा मंगलबारदेखि सुरु हुँदैछन् । सोमबारका खेलहरुबाट कम्पाउण्ड मेन सिंगल र वुमन सिंगल, रिकर्भ मेन सिंगल र रिकर्भ वुमन सिंगल तथा स्टाण्डर्ड मेन टीम र वुमन टीमको फाइनल समिकरण तयार भएको छ । कम्पाउण्ड मेन सिंगलतर्फ गण्डकीका जागृत गुरुङ र गण्डकीकै ख्यामबहादुर क्षेत्री फाइनल […]

October 16, 2022

आर्चरी – पार्षदाको कीर्तिमान, गंगा बहादुर रेकर्ड भेट्न १ अंकले चुके

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आर्चरी खेलमा स्टान्डर्ड (३० मिटर) विधाको एकल पुरुष र महिलातर्फ फाइनल समिकरण पूरा भएको छ । स्टान्डर्ड एकल पुरुषतर्फ नेपाल पुलिसका नगेन्द्र आचार्य र गण्डकीका दुर्गा घर्ती मगर फाइनलमा प्रतिष्पर्धा गर्नेछन् । पहिलो सेमिफाइनलमा पुलिसका नगेन्द्रले गण्डकीका कृष्ण भण्डारीलाई ७–३ सेटमा हराए । यस्तै, दोस्रो सेमिफाइनलमा […]

October 15, 2022

आर्चरीमा दुर्गा र अनुस्काको अग्रता

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तरगत आर्चरीतर्फ गण्डकी प्रदेशका दुर्गा घर्तीमगर र अनुष्का शेरचनले अग्रता लिएका छन् । शनिबारदेखि सुरु आर्चरीमा पहिलो दिन स्टान्डर्ड (३० मिटर) विधामा पुरुषतर्फ गण्डकीका दुर्गा घर्ती मगर र महिलातर्फ अनुश्का शेरचन उच्च स्कोरका साथ पहिलो वरियतामा रहे । ¥याङकिङ राउण्डमा पुरुषतर्फ २९ जनाले सहभागिता जनाएकोमा दुर्गा ६६८ अंक […]

June 9, 2022

आर्चरीकी अनिताले जजेज सेमिनारमा भाग लिने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी पहिलो महिला जज आर्चरीकी अनिता गुरुङ जजेज सेमिनारमा सहभागी हुन शुक्रबार युएइको सारजाह प्रस्थान गर्दैछिन् । सेमिनार जुन ११ देखि १३ तारिखसम्म सञ्चालन हुने छ । पूर्व राष्ट्रिय खेलाडी अनिताले छैटौं राष्ट्रिय खेलकुदको एकल स्पर्धामा कांस्य र टिममा स्वर्ण जितेकी थिइन् । अनिताले १३औं दक्षिण एसियाली खेलकुदमा निर्णायकको भूमिका पनि […]

Success

Thank you for your time.