default_image

सुटिङ

September 24, 2023

पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामै श्लिषाको राष्ट्रिय कीर्तिमान

सुबास हुमागाईं, हाङ्गचौ, चीन सुटर श्लिषा भण्डारीले १९ औं एसियाली खेलकुद अन्तर्गत १० मिटर एयर राइफलको महिलातर्फ राष्ट्रिय कीर्तिमान तोडेकी छिन् । १९ वर्षीय श्लिषाले आइतबार फुयाङ यिन्हु स्पोर्ट्स सेन्टरमा भएको छनोट चरणमा कुल ६१६.९ अंक जोड्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । यसअघि यो कीर्तिमान ओलम्पियन कल्पना परियारको नाममा रहेको थियो । कल्पनाले […]

June 18, 2023

स्नेहा र सुनिता श्रीलंका जाने

काठमाडौं (हाम्रो खेलकुद) – ओलम्पियन स्नेहा राज्यलक्ष्मी राणा र सुनिता महर्जन ११औं सुटिङ ट्रेनिङ क्याम्प तथा कोचिङ कोर्समा सहभागी हुन सोमबार श्रीलंकाको कोलोम्बो जाँदैछन् । एसियाली सुटिङ महासंघको सहयोगमा श्रीलंका सुटिङ संघले आयोजनामा गर्ने कोर्स जुन २० देखि २८ तारिखसम्म हुनेछ । उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे ।

January 25, 2023

सुटिङकी सुस्मिताले आईएसएसएफ विश्वकप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सुटिङ खेलाडी सुस्मिता नेपालले इन्डोनेसियाको जकार्तामा जनवरी २७ देखि फेब्रुअरी ८ सम्म आयोजना हुने आईएसएसएफ विश्वकप राइफल एण्ड पेस्तोलमा प्रतिस्पर्धा गर्ने भएकी छिन् । ओलम्पिक छात्रवृत्ति होल्डर सुस्मिताले महिला १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन् । यस स्पर्धामा सुस्मिताबाट पदकको अपेक्षा गरिएको छ । सुस्मिताको प्रशिक्षकमा प्रदिप खाती छन् । […]

June 20, 2022

सुजन र स्लिशा पहिलो

काठमाडौं (हाम्रो खेलकुद) – आर्मीका सुजन राना मगर र स्लिशा रायमाझी ओलम्पिक दिवसका अवसरमा आयोजित सुटिङ प्रतियोगितामा सोमबार पहिलो भएका छन् । व्यक्तिगत १० मिटर एयर राइफलको पुरुषमा सुजन तथा महिलामा स्लिशा पहिलो भएका हुन् । सुजनले ३९६.६ तथा स्लिशाले ४०६.५ अंक जोडे । पुरुषमा कुमार कार्की दोश्रो तथा नारायण सिंह दोङ तेश्रो भए । […]

June 18, 2022

ओलम्पिक दिवसमा सुटिङ सुरु

काठमाडौं (हाम्रो खेलकुद) – ओलम्पिक दिवसका अवसरमा सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको सुटिङ रेन्जमा शनिबारदेखि सुटिङ प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको नेपाल ओलम्पिक कमिटीअन्तर्गत स्पोर्ट्स फर अल कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे । २६ पुरुष र २४ महिला गरी ५० खेलाडी सहभागी छन् । पुरुष-महिला १० मिटर एयर राइफल र पेस्तोलतर्फ […]

May 5, 2022

खाती र दवाडीलाई लाइसेन्स

काठमाडौं (हाम्रो खेलकुद) – सुटिङका प्रदीप खाती र अन्जु दवाडीले जुरी लाइसेन्स प्राप्त गरेका छन् । दुवैले राइफल, पेस्तोल र टार्गेट कन्ट्रलको लाइसेन्स प्राप्त गरेको नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठले जनाएका छन् । कुवेतमा भएको जुरी कोर्समा उत्तीर्ण भएपछि दुवैले तीन विधाको लाइसेन्स र आईडी कार्ड प्राप्त गरेका हुन् । अध्यक्ष श्रेष्ठको उपस्थितिमा नेपाल […]

February 20, 2022

सुटिङ प्रशिक्षण हलको उद्घाटन

काठमाडौं (हाम्रो खेलकुद) –सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा नेपाल सुटिङ संघले सुटिङ खेलाडीका लागि बनाएको प्रशिक्षण हलको आइतबार उद्घाटन गरेका छन् । नयाँ र राष्ट्रिय खेलाडीका साथै पारा खेलाडीको नियमित प्रशिक्षणका लागि हल निर्माण गरिएको सुटिङ संघले जनाएको छ । प्रशिक्षण हलकै माथि रहेको पहिलाको १० मिटर […]

Success

Thank you for your time.