default_image

भलिबल

September 13, 2024

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड – एरिका र रोहित वर्ष खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – करातेकी एरिका गुरुङ र क्रिकेटका रोहितकुमार पौडेल एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८० को वर्ष खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ) ले शुक्रवार आयोजना गरेको कार्यक्रममा एरिका महिलामा र रोहित पुरुषमा वर्ष उत्कृष्ट खेलाडी घोषित भएका हुन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न अवार्डमा १९औं एसियाली खेलकुद ( एसियाड)मा रजत […]

September 13, 2024

कविताले जितिन् पिपल्स च्वाइस अवार्ड

काठमाडौं (हाम्रो खेलकुद)- भलिबल खेलाडी कविता भट्टले शुक्रवार पल्सर स्पोर्ट्स अवार्ड २०८० अन्तर्गत वर्ष पिपल्स च्वाइस अवार्ड जितेकी छिन्।‌ उनले ५६ प्रतिशत मत सहित अवार्ड जितेकी हुन्। राष्ट्रिय भलिबल खेलाडी कविता नेपाल काभा महिला नेसन्स लिग २०२४‌‌ मा नेपाल दोस्रो हुँदा र काभा महिला भलिबल च्यालेन्ज कप २०२३ मा तेस्रो हुँदा टोलीको सदस्य थिइन् । […]

September 13, 2024

भलिबलका प्रशिक्षक राईलाई स्पेशल अवार्ड

काठमाडौं (हाम्रो खेलकुद)- पल्सर स्पोर्ट्स अवार्ड २०८० मा शुक्रवार भलिबल प्रशिक्षक कुमार राई स्पेशल अवार्डबाट सम्मानित भएका छन्। नेपाली महिला भलिबलको सफलता लोभलाग्दो छ।‌ यो सफलतामा पर्दा पछाडिका नायक हुन, राई।‌ उनले राष्ट्रिय टिमलाई अनि विभागीय टिमको लागि थुप्रै स्टार खेलाडी दिएका छन्। न्यु डायमण्डका तत्कालीन प्राध्यापक राईले स्कुलमा सानो ठाउँमा ठुलो आँट सहित‌ महिला […]

September 12, 2024

पाँचौं ढोरपाटन रनिङ कप असोज तेस्रो साता

सिड्नी (हाम्रो खेलकुद) – ढोरपाटन क्लब अस्ट्रेलियाको आयोजनामा पाँचौं संस्करणको महिला र पुरुष ढोरपाटन रनिङ कप २०२४ अर्काे महिना आयोजना हुने भएको छ । एकदिने महिला र पुरुष ढोरपाटन रनिङ कप २०२४ असोज २० गते आइतबार (अक्टोवर ६) अवर्न बास्केटबल सेन्टर लिडकममा हुनेछ । रनिङ कपमा पुरुषतर्फ १२ र महिलामा ५ टोलीको सहभागिता रहने क्लबका […]

September 12, 2024

काभा यु २० भलिबलका लागि नेपाली टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- श्रीलंकामा अर्को महिना हुने काभा यु २० पुरुष भलिबल च्याम्पियनसिपका लागि १२ खेलाडीको नेपाली टोली घोषणा भएको छ । नेपाल भलिबल संघले बिहीवार १२ खेलाडीको नाम सार्वजनिक गरेको छ। संघले बन्द प्रशिक्षणमा रहेका १८ मध्ये १२ खेलाडीको अन्तिम छनोट गरेको हो । भदौ ८ गतेबाट बन्द प्रशिक्षण गरिरहेको थियो । च्याम्पियनसिप असोज […]

September 11, 2024

भारतीय सुर्याले चितवनबाट इडब्ल्युभिएल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय राष्ट्रिय टोलीकी मिडल ब्लकर सुर्याले चितवन शक्तिबाट इडब्ल्युभिएल खेल्ने भएकी छिन्‌ । एभरेष्ट महिला भलिबल लिग (इडब्ल्युभिएल)का लागि चितवन शक्तिले दोस्रो विदेशी खेलाडीका रुपमा सुर्यालाई अनुबन्ध गरेको जनाएको छ । इडब्ल्युभिएलका लागि चितवनले यसअघि नै आफ्नो पहिलो विदेशी खेलाडीको रुपमा अजरबैजानकी अपोजिट हिटर केन्सिया पावेल्निकोलाई अनुबन्ध गरिसकेको छ । सुर्या […]

September 11, 2024

रेफ्री केसीले माल्दिभ्समा हुने काभा क्लब च्याम्पियनसिप खेलाउने

काठमाडौं (हाम्रो खेलकुद) – भलिबलका अन्तर्राष्ट्रिय रेफ्री विजय केसीले माल्दिभ्समा अर्को साता हुने काभा महिला क्लब च्याम्पियनसिपको खेल खेलाउने भएका छन् । गत वर्ष अन्तर्राष्ट्रिय रेफ्रीमा बढुवा भएका काभ्रेपलाञ्चोकका स्थायी बासिन्दा केसी उक्त जिम्मेवारी निर्वाह गर्न बिहीवार त्यसतर्फ प्रस्थान गर्दैछन् । च्याम्पियनसिप भदौ ३० देखि असोज ५ गते सम्म हुनेछ । नेपालको लिगको विजेताका रुपमा […]

September 10, 2024

नेसन्स लिगका रजत विजेता ७ खेलाडी पुलिसबाट क्लब च्याम्पियनसिप खेल्दै

काठमाडौं (हाम्रो खेलकुद )- माल्दिभ्समा आयोजना हुने काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा भाग लिने नेपाल पुलिस क्लबको टोलीलाई नेपाल भलिबल संघले मंगलवार बिदाइ गरेको छ। टोली बिहीवार माल्दिभ्स जानेछ। च्याम्पियनसिप भदौ ३० देखि असोज ५ गते सम्म हुनेछ। नेपालको लिगको विजेताका रुपमा पुलिसले काभा क्लब च्याम्पियनसिपमा भाग लिन लागेको हो । च्याम्पियनसिपका लागि पुलिसले राष्ट्रिय […]

September 10, 2024

काठमाडौं स्पाईकर्सको लोगो सार्वजनिक

काठमाडौं(हाम्रो खेलकुद) – अर्को महिना आयोजना हुने एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) टोली काठमाडौं स्पाईकर्सले आफ्नो लोगो सार्वजनिक गरेको छ । नेपालमा पहिलो पल्ट आयोजना हुन गइरहेको फ्रेन्चाइज लिग इडब्लुभिएलमा उच्च प्रदर्शन गर्ने तयारी सुरु गरेको स्पाइकर्सले जनाएको छ । काठमाडौंले नेपाली राष्ट्रिय भलिबल टोलीकी खेलाडी उषा भण्डारीलाई मार्की खेलाडीका रुपमा टिममा भित्राएको छ । […]

September 7, 2024

लामाचौरमा पुलिस च्याम्पियन, सञ्जु सर्वोत्कृष्ट

पोखरा (हाम्रो खेलकुद)- लामाचौर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा एपिएफलाई ३-२ को सेटमा हराउँदै पुलिसले उपाधि जितेको हो । नव आदर्श सामुदायिक विकास समाजले आफ्नो वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा लामाचौर कप राष्ट्रिय भलिबल च्याम्पियनसिपको आयोजना गरेको थियो । पुलिसले पहिलो सेट २५–१६ को सहज जित […]

Success

Thank you for your time.