9 years ago
May 1, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एसियन फुटबल महासंघले प्रदान गर्दै आएको प्रशिक्षक लाइसेन्स प्रणाली अन्तर्गत थप ८ नेपाली प्रशिक्षकले एएफसी ‘ए’ कोचिङ सर्टिफिकेट हासिल गरेका छन्।

नेपालकै फुटबल इतिहासमा गतवर्ष एन्फाले एएफसी ‘ए’ लाइसेन्स कोचिङ सर्टिफिकेट कोर्स आयोजना गरेको थियो। उक्त कोर्समा सहभागी भएका २४ ‘बि’ लाइसेन्स प्राप्त प्रशिक्षक मध्ये ८ जना उत्तीर्ण भएका थिए भने ८ जनाको नतिजा स्थगित भएको थियो। ८ जना प्रशिक्षक भने ‘ए’ लाइसेन्सका लागि अयोग्य ठहरिएका थिए। यससंगै नेपालमा ‘ए’ लाइसेन्स प्राप्त प्रशिक्षक संख्या १६ पुगेको छ।
स्थगित भएका ८ प्रशिक्षकले पुन: परिक्षा दिएपछि एएफसीले दोश्रो चरणमा सबै ८ प्रशिक्षकलाई ‘ए’ कोचिङ सर्टिफिकेट प्रदान गरेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)क अध्यक्ष नरेन्द्र श्रेष्ठले एक कार्यक्रमबीच उत्तीर्ण भएका प्रशिक्षकलाई सर्टिफिकेट हस्तान्तरण गरेका थिए।
पहिलो चरणमा कुमार थापा, नबिन न्यौपाने, रबिन्द्र शिलाकार, राजेन्द्र तामाङ, बालगोपाल महर्जन, उपेन्द्र मान सिंह, हरि खड्का र छिरिङ लोप्साङ गुरुङ उत्तीर्ण भएका थिए। दोश्रो चरणमा भने मेघराज केसी, सुनिल श्रेष्ठ, मधु कार्की, हरिओम श्रेष्ठ, चेत नारायण श्रेष्ठ, उज्जन श्रेष्ठ, मृगेन्द्र मिश्र र मधु कार्की उत्तीर्ण भए।
सन् २०१८ देखि एएफसीले क्लब लाइसेन्सिङ अनिवार्य रुपमा लागु गर्नु पर्ने जनाएको छ। क्लब लाइसेन्सिङ अन्तर्गत कुनैपनि क्लबको मुख्य प्रशिक्षक कम्तिमा ‘ए’ लाइसेन्स भएको हुनुपर्ने प्रावधान रहेको छ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]