default_image

7 years ago

December 9, 2016

सातौं राष्ट्रिय खेलकुद तोकिएकै मितिमा, दोहोरी पनि प्रदर्शनी खेल

काठमाडौं (हाम्रो खेलकुद) – चौथो पटक घोषणा गरिएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता यसपाली भने तोकिएकै मितिमा हुने सम्भावना देखिएको छ । पूर्वाञ्चलमा पछिल्लो पटकका लागि तय भएको पुस ८ देखि १५ गते सम्म हुने सातौं राष्ट्रिय खेलकुदको सबै तयारी भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । राष्ट्रिय खेलकुदमा यसपटक […]

140 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चौथो पटक घोषणा गरिएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता यसपाली भने तोकिएकै मितिमा हुने सम्भावना देखिएको छ । पूर्वाञ्चलमा पछिल्लो पटकका लागि तय भएको पुस ८ देखि १५ गते सम्म हुने सातौं राष्ट्रिय खेलकुदको सबै तयारी भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

bista

राष्ट्रिय खेलकुदमा यसपटक प्रतिस्पर्धामक ३० खेल र ५ प्रदर्शन खेल राखिएका छन् । त्यसमध्ये तीन वटा खेल गत बर्ष असोज मै सम्पन्न भइसकेको थियो । चार खेलमा भने न्युनतम टोली नपुगेको बताइएको छ । गल्फ, स्नूकर, आर्चरी र फेन्सिङका खेलहरुका लागि न्युनतम चार टोली पुगेनन् । जसका कारण ती खेल भएपनि राष्ट्रिय खेलकुद अन्तर्गत पदक तालिकामा भने गनिने छैन । स्वासका खेल ललिपुरमै हुनेछ ।
प्रतियोगिताका धेरै खेल मोरङ सुनसरी र झापामा हुनेछन् । केहि खेलहरु धनकुटा, सिरहा र सप्तरीमा हुनेछ । सुनसरीको दुहबीमा महिला फुटबल भने पुस २ गते सुरु भएर पुस ९ मा सकिनेछ । प्रतियोगितामा २ हजार ५ सय भन्दा बढी खेलाडीले १ हजार ३५ पदकका लागि प्रतिस्पर्धा गर्ने बताइएको छ । त्यसमा २ सय ९९ स्वर्ण, २ सय ९४ रजत र ४ सय ४७ कांस्य पदक रहेका छन् ।
राखेप सदस्य सचिव केशबकुमार विष्टले खेल तालिका सार्वजनिक गर्ने क्रममा यसपटकको भव्य हुने दाबी गरे । प्रतियोगिताको उद्घाटन बिराटनगरको सहिद रंगशालामा र समापन धरान रंगशालामा हुनेछ । राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीलाई एउटा कीर्तिमान बराबर २५ हजार रुपैयाँ पुरस्कार दिइने राखेपले जनाएको छ । पूर्व कलाकार रहेका राखेप सदस्य सचिव विष्टले यसपटक दोहोरीलाई पनि प्रदर्शन खेलमा समेटेका छन् । दोहोरीसहित रग्वी, डान्स स्पोर्टस्, साम्बो र रक क्लाइम्बिङलाई पनि प्रदर्शन खेलमा समावेश गरिएको छ ।
राष्ट्रिय खेलकुदमा फुटबल, एथलेटिक्स, बक्सिङ,तेक्वान्दो, कराते,भारोत्तोलन, भलिबल, टेबल टेनिस, कबड्डी,कुस्ती,ब्याडमिन्ट,उसु,जुडो, बास्केबल र चेस छन् । त्यस्तै ह्यान्डबल,आइटिएफ तेक्वान्दो, फुलकन्याक्ट कराते, हक्की, स्क्वास, सुटिङ,लनटेनिस,सफ्ट टेनिस, क्रिकेट, साइक्लिङ,आर्चरी, सेपाकटाक्रो, खोखो र फेन्सिङ छन् ।

Success

Thank you for your time.