default_image

9 months ago

January 5, 2023

नवौं राष्ट्रिय खेलकुदका पदक विजेता खेलाडी सम्मानित

हिमाल खरेल, बिर्तामोड गण्डकी प्रदेशमा सम्पन्न नवौ राष्ट्रिय खेलकुदमा पदक विजेता आफ्ना जिल्लाका खेलाडीलाई झापा जिल्ला खेलकुद विकास समितिले बिहीबार नगदसहित सम्मान गरेको छ । मेची रंगशाला भद्रपुरमा भएको कार्यक्रमका बीच पदक पाउने १६ खेलाडीलाई सम्मान गरिएको हो । प्रतियोगितामा झापाले २ स्वर्ण, ९ रजत र ६ कास्य पदक जितेको थियो । पुरस्कृत हुनेहरुमा बक्सिङकी […]

22 views

0 Bookmark

हिमाल खरेल, बिर्तामोड

गण्डकी प्रदेशमा सम्पन्न नवौ राष्ट्रिय खेलकुदमा पदक विजेता आफ्ना जिल्लाका खेलाडीलाई झापा जिल्ला खेलकुद विकास समितिले बिहीबार नगदसहित सम्मान गरेको छ ।

मेची रंगशाला भद्रपुरमा भएको कार्यक्रमका बीच पदक पाउने १६ खेलाडीलाई सम्मान गरिएको हो । प्रतियोगितामा झापाले २ स्वर्ण, ९ रजत र ६ कास्य पदक जितेको थियो । पुरस्कृत हुनेहरुमा बक्सिङकी स्वर्ण पदक विजेता त्रिसा जवेगू र आइटिएफ तक्वान्दोका रोशन मगर छन् ।

त्यस्तै, रजत पदक विजेताहरु बक्सिङका सुस्मिता राई र अविनय राई, आर्चरीका योगिता काम्बाङ र स्मृति उप्रेती, बुद्धिचालकी कृतिसरा अधिकारी, पौडीका प्रारम्भ भण्डारी, सेपाताक्रोका सुशील विश्वकर्मा छन् ।

त्यस्तै, कास्य पदक विजेताहरु बुद्धिचालकी खुश्बु थापा र राजन सुवेदी, जुडोका निश्चल राई, मंगलु मेचे र प्रेम गुरुङ, कुस्तीका विशाल बुढाथोकी र रेनुका राजवंशी छन् । कार्यक्रमकै अवसरमा पूर्वअध्यक्ष शंकर थापाले व्याक्तिगत रुपमा पदकधारी खेलाडीलाई प्रोत्साहनस्वरुप नगद प्रदान गरेका थिए ।

समितिका अध्यक्ष प्रशान्त भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश खेलकुद विकास बोर्ड १ नम्बर प्रदेशका सदस्य सचिव हंशराज वाग्ले, नेपाल उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेशका अध्यक्ष टिकाराज ढकाल, भद्रपुर झापा गोल्ड कपका अध्यक्ष दिपेश ढकाल लगायतले खेलाडीलाई सम्मानपत्र प्रदान गरेका थिए । नवौं राष्ट्रिय खेलकुद असोज २८ गतेदेखि कात्तिक ३ गते सम्म भएको थियो ।

Success

Thank you for your time.