default_image

7 years ago

July 12, 2017

पोखरामा १३ औं सागका ५ खेल गराउने प्रस्ताव

पोखरा (हाम्रो खेलकुद)- नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा ५ खेल आयोजनाको प्रस्ताव गरिएको छ । १३ औ सागको तयारीमा पोखरा आएको पूर्वाधार निर्माण समितिले पोखरामा ५ खेल हुने जानकारी दिएको छ । १३ औं साग खेलकुद पुर्वाधार निर्माण समितिका सचिव रिम वहादुर रानाभाटले पोखरामा भलिबल, ह्याण्डबल, महिला फुटबल, आर्चरी र […]

47 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)- नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा ५ खेल आयोजनाको प्रस्ताव गरिएको छ । १३ औ सागको तयारीमा पोखरा आएको पूर्वाधार निर्माण समितिले पोखरामा ५ खेल हुने जानकारी दिएको छ ।


१३ औं साग खेलकुद पुर्वाधार निर्माण समितिका सचिव रिम वहादुर रानाभाटले पोखरामा भलिबल, ह्याण्डबल, महिला फुटबल, आर्चरी र ट्रायथोलन गरि ५ खेल आयोजना गरेको प्रस्ताव गरिएको बताए । उनले प्रस्ताव गरिएका खेलहरु पोखराका लागि उपयुक्त रहेको र पुर्वाधारका हिसावले समेत आयोजना सक्षम रहेको जनाए ।

कास्की जिल्लाका विभिन्न खेल पदाधिकारीहरु संगको अन्तरक्रियामा स्थानिय पदाधिकारीले भने अझै पनि काठमाडौंको केन्द्रिकृत मानसिकता हावी रहेको भन्दै असुन्तुष्टी पोखे । उनीहरुले १३ औ सागको उद्घाटन वा समापन कार्यक्रम मध्ये एक पोखरामा आयोजना गर्नु पर्नेमा जोड दिंदै पोखरामा कम्तिमा पनि १० खेल आयोजना गर्न सकिने बताए ।

नेपाल ह्याण्डबल संघका अध्यक्ष एवम् नेपाल ओलोम्पिक कमिटीका सदस्य तेज गुरुङले पोखरामा जनस्तर बाटै खेल प्रतिको चासो रहेको र प्रस्तावित ५ खेलमा अझै थप्न आग्रह गरे । उनले पोखरा १३ औं सागका लागि सक्षम र उपयुक्त थलो समेत रहेको बताउँदै टिम गेम बाहेक अन्य खेल समेत समावेश गर्न आग्रह गरे ।

पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका उपाध्यक्ष सुनिल गुरुङले पोखराले कुनै पनि खेल सञ्चालन र सम्पादन गर्न सक्ने भनाई राख्दै यथशिघ्र पूर्वाधार निर्माण सुरु गर्न आग्रह गरे । उनले ‘अब पनि पूर्वाधार निर्माण गर्न ढिलाई गर्ने हो भने प्रतियोगिता संचालनमा बाधा पुग्न सक्छ र फेरी पनि त्यही बहानामा  सबैखेल राजधानी केन्द्रित हुन सक्छन् ।’

सो आवसरमा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगी , जिल्ला खेलकुद विकास समितिका अध्यक्ष याम गुरुङ, कास्की जिल्ला भलिवल संघका अध्यक्ष भिम पराजुली, पश्चिमाञ्चल प्रशिक्षण विभाग प्रमुख विद्या मर्सानी, नेपाल खेलकुद पत्रकार मंच कास्कीका अध्यक्ष केशव पाठकले पोखरामा धेरै भन्दा धेरै खेलहरु आयोजना गर्न सुझाएका थिए ।

१३ औं सागको तयारीका लागि पोखरा आएको टोलीले पोखरामा निर्माणाधिन पूर्वाधारहरुको निरिक्षण समेत गरेको थियो । १३ औ दक्षिण एशियाली खेलकुदमा नेपालमा २५ खेलहरुका लागि प्रस्तावित गरिएको छ र सन् २०१९ मार्च ९ देखि १८ सम्म हुने गरि निर्णय गरिएको छ । नेपालमा पहिलो दक्षिण एसियाली खेलकुद १९८४ र आठौं १९९९ मा आयोजना भएको थियो ।

Success

Thank you for your time.