default_image

7 years ago

August 1, 2017

भाषण हैन अब काम देखिन्छ -खेलकुद मन्त्री केसी

काठमडौं (हाम्रो खेलकुद)- नवनियुक्त युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार केसी (राजन) ले दुई वर्षअघि विनाशकारी भूकम्पले थलिएको दशरथ रंगशालाले छिट्टै मुहार फेर्ने बताएका छन् । मन्त्रीमा नियुक्त भएपछि मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको अवलोकनमा पुगेका मन्त्री केसीले दशरथ रंगशालाको काम अब भाषणमा नभई काममा देखिने बताउदै रंगशालाले छिट्टै मुहार फेर्ने बताएका हुन् । मन्त्री केसीले […]

110 views

0 Bookmark

काठमडौं (हाम्रो खेलकुद)- नवनियुक्त युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार केसी (राजन) ले दुई वर्षअघि विनाशकारी भूकम्पले थलिएको दशरथ रंगशालाले छिट्टै मुहार फेर्ने बताएका छन् । मन्त्रीमा नियुक्त भएपछि मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको अवलोकनमा पुगेका मन्त्री केसीले दशरथ रंगशालाको काम अब भाषणमा नभई काममा देखिने बताउदै रंगशालाले छिट्टै मुहार फेर्ने बताएका हुन् ।

दशरथ रंगशालाको मंगलबार निरक्षण गर्ने क्रममा खेलकुद मन्त्री राजन केसीसहित अन्य खेल पदाधिकारी ।

मन्त्री केसीले रंगशालाको पूनः निर्माणमा चासो देखाउदै कसरी छिट्टै रंगशाला प्रयोग गर्न योग्य बनाउन सकिन्छ भन्ने विषयमा राखेप अन्र्तगत निर्माण शाखाका पदाधिकारीसँग समेत छलफल गरेका थिए ।

‘१३ औं दक्षिण एसियाली खेलकुद साग नेपालमै हुदैछ । हामीसँग अब १८ महिनाको समय सीमा छ ।’ मन्त्री केसीले भने, ‘अब द्रुत गतिमा काम अघि बढाउन सकिएन भने हामीले १३ औं साग नेपालमै आयोजना सक्दैनौ । त्यसैले नेपालमै १३ औं साग आयोजना गर्न सकिने हिसावमा द्रुत गतिमा कार्यलाई अघि बढाउनेछौ ।’

यस्तै मन्त्री केसीले रंगशाला निर्माणको कार्य अघि बढिरहेको बताउदै यसको अनुभुति छिट्टै गर्न पाउने समेत बताए । ‘निर्माण कार्य द्रुत गतिमा अघि बढिरहेको छ । सुधार निरन्तर भैरहेको छ । तपाईहरुले यसको अनुभुति छिट्टै गर्न पाउनु हुनेछ ।’ मन्त्री केसीले भने, ‘ आठौ सागमा विछ्याईको सेन्थेटिक ट्रयाक आफ्नै कार्यकालमा बनाउने लक्ष्य छ ।’

उनले रंगशालाको भत्काउनु पर्ने भाग तुरुन्त भत्काई विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) अनुसार नवनिर्माणमा गईहाल्न सम्बन्धित निकायलाई आग्रह गरे । यस्तै मन्त्री केसीले खेल र खेलाडीको हितको लागि योजना बनाएर अघि बढ्ने समेत बताए । राखेप र मन्त्रालयको योजना अनुसार खेल र खेलाडी मैत्री योजना कार्यान्वयन गराउने पनि बताए । मन्त्री केसीले मंगलबार बिहान रंगशालाको जीर्ण अवस्था, विभिन्न राष्ट्रिय टिमको प्रशिक्षणको अवलोकन गरेका थिए ।

Success

Thank you for your time.