default_image

8 years ago

December 13, 2015

राष्ट्रिय खेलकुदलाई ओलम्पिक गेम्सका रुपमा विकास गर्नुपर्ने माग

बृहत्त राष्ट्रिय खेलकुद प्रतियोगिता नेपाल ओलम्पिक कमिटीको ब्यानरमुनी रहेर गर्नुपर्ने माग नेपाल ओलम्पिक एकेडेमीले गरेको छ । आइतबार एकेडेमीले आयोजना गरेको खेलकुद र प्रतियोगिता आयोजना सम्बन्धी अभिमुखिकरण कार्यक्रयमा सहभागी खेलकुदका व्यक्तित्वहरुले सो धारणा व्यक्त गरेका हुन् । नेपाल ओलम्पिक एकेडेमीका अध्यक्ष धु्रवबहादुर प्रधानले अहिले राष्ट्रिय प्रतियोगिता राष्ट्रिय ओलम्पिक गेम्सका रुपमा गर्नुपर्ने बताए । ‘सातौं राष्ट्रिय […]

45 views

0 Bookmark

बृहत्त राष्ट्रिय खेलकुद प्रतियोगिता नेपाल ओलम्पिक कमिटीको ब्यानरमुनी रहेर गर्नुपर्ने माग नेपाल ओलम्पिक एकेडेमीले गरेको छ । आइतबार एकेडेमीले आयोजना गरेको खेलकुद र प्रतियोगिता आयोजना सम्बन्धी अभिमुखिकरण कार्यक्रयमा सहभागी खेलकुदका व्यक्तित्वहरुले सो धारणा व्यक्त गरेका हुन् ।

Sports meeting

नेपाल ओलम्पिक एकेडेमीका अध्यक्ष धु्रवबहादुर प्रधानले अहिले राष्ट्रिय प्रतियोगिता राष्ट्रिय ओलम्पिक गेम्सका रुपमा गर्नुपर्ने बताए । ‘सातौं राष्ट्रिय खेलकुद हुन गइरहेको र सरकार र ओलम्पिकबिचको सम्बन्धको वातावरण बनेको समय यो प्रतियोगितालाई ओलम्पिक भावना अनुसार अगाडि बढाउदा राम्रो हुन्छ ।’– प्रधानले भने ।

उनले अन्तर्राष्ट्रिय फेडेरेसनका नियमअनुसार र अन्तर्राष्ट्रिय स्ट्यान्डर्डमा प्रतियोगिता संचालन भएमात्र नेपालको राष्ट्रिय प्रतियोगिताको महत्व हुने बताए । ‘प्रतियोगिता जसरी पनि गर्ने होइन, एउटा स्ट्यान्र्डड अनुसार गर्नुपर्छ । प्रतियोगितामा स्थानीय क्षेत्रलाई पनि अपनत्व महसुस हुने वातावरण सिर्जना गर्नुपर्छ ।’ नेपाल ओलम्पिक कमिटीका पुर्व अध्यक्ष समेत रहेका प्रधानले भने ।

एकेडेमीका डाइरेक्टर सुजनलाल श्रेष्ठले राष्ट्रिय प्रतियोगिता गर्दा शहरहरुलाई विडिङ्गमा सहभागी गराउनुपर्ने धारणा राखे । ‘यसले त्यो क्षेत्रमा पुर्वाधार विकास हुने । त्यस क्षेत्रका मानिसलाई अपनत्व हुने र केन्द्रीय बजेटको मुख ताकेर बस्नुपर्ने अवस्थाको अन्त्य हुने छ ।’ श्रेष्ठले भने ।

अभिमुखिकरण कार्यक्रममा उमेशलाल श्रेष्ठले खेलकुद र प्रतियोगितामा मार्केटिङ्गको महत्वको विषयमा प्रकाश पारेका थिए । तयसैगरी स्पोर्टस फर अलका चियरम्यान विस्णुगोपाल श्रेष्ठले गेम्सको आयोजक समितिको विषयमा प्रकाश पारेका थिए । एकेडेमीकी प्रतिभा जोशीले ओलम्पिक मुभमेन्ट र यसको विषयमा एकेडेमीले अब नियमित रुपमा अभिमुखिकरण कार्यक्रम गर्दै जाने बताइन् । कार्यक्रमा ओलम्पिक खेलअन्तर्गत अधिकांश संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Success

Thank you for your time.