default_image

2 years ago

April 13, 2022

नवौं राष्ट्रिय खेलकुद जेठमा

काठमाडौं (हाम्रो खेलकुद)– नवौं राष्ट्रिय खेलकुद अर्को वर्ष जेठमा आयोजना हुने भएको छ । मन्त्रीपरिषद्को बुधबार बसेको बैठकले नवौं राष्ट्रिय खेलकुद २०७९ जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशको राजधानी पोखरा गर्ने निर्णय गरेको छ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको प्रस्तावमा मन्त्रीपरिषद्ले निर्णय गरेको हो । मन्त्रीपरिषद्ले मिति तय गरेको छ अब बाँकी […]

197 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नवौं राष्ट्रिय खेलकुद अर्को वर्ष जेठमा आयोजना हुने भएको छ । मन्त्रीपरिषद्को बुधबार बसेको बैठकले नवौं राष्ट्रिय खेलकुद २०७९ जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशको राजधानी पोखरा गर्ने निर्णय गरेको छ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको प्रस्तावमा मन्त्रीपरिषद्ले निर्णय गरेको हो ।

मन्त्रीपरिषद्ले मिति तय गरेको छ अब बाँकी काम अघि बढ्नेछ, मन्त्री गहतराजले भने, राष्ट्रिय खेलकुद चीनको हान्झाउमा हुने एसियाली खेलकुदको अन्तिम छनोटका रुपमा रहनेछ ।’ एसियाली खेलकुद २०७९ भदौ २५ गतेदेखि असोज ९ गते सम्मका लागि तय भएको छ ।
एसियाडको तयारी त हामीले प्रारम्भिक रुपमा सुरु गरिरहेका छौं, मन्त्रीले थपे,‘ राष्ट्रिय खेलकुदबाट अन्तिम छनोट हुनेछ ।’

आठौं राष्ट्रिय खेलकुद लुम्बिनीमा २०७५÷७६ मा भएको थियो । कारोना महामारीका कारण यो वर्ष नवौं राष्ट्रिय खेलकुद पटक पटक सर्दै आएको थियो । हरेक दुई वर्षमा आयोजना गर्ने लक्ष्यसहित २०३८ सालमा पहिलो राष्ट्रिय खेलकुद आयोजना भएको थियो । तर, डेढ दशकसम्म पनि राष्ट्रिय खेलकुद रोकिएको इतिहास छ ।

Success

Thank you for your time.