default_image

2 years ago

July 28, 2022

पहिलो अन्तर्राष्ट्रिय पदक विजेता केसीलाई सर्वकालीन सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – हाम्रो खेलकुद डट कमले आफ्नो सातौं वार्षिकोत्सवमा सर्वकालीन खेलाडी सम्मान गर्दैछ । जसमा नेपाली खेलकुदमा आ आफ्नो समयमा महत्वपूर्ण योगदान गरेको खेलाडी सम्मानित हुने बताइएको छ । यसरी सम्मानित हुनेमध्ये नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक विजेता जितबहादुर केसी रहेका छन् । केसीले झण्डै ५ दशक अघि एसियन एथलेटिक्स च्याम्पियनसिपमा कास्य पदक […]

158 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – हाम्रो खेलकुद डट कमले आफ्नो सातौं वार्षिकोत्सवमा सर्वकालीन खेलाडी सम्मान गर्दैछ । जसमा नेपाली खेलकुदमा आ आफ्नो समयमा महत्वपूर्ण योगदान गरेको खेलाडी सम्मानित हुने बताइएको छ । यसरी सम्मानित हुनेमध्ये नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक विजेता जितबहादुर केसी रहेका छन् ।

केसीले झण्डै ५ दशक अघि एसियन एथलेटिक्स च्याम्पियनसिपमा कास्य पदक जितेका छन् । फिलिपिन्समा भएको च्याम्पियनसिपको म्याराथनमा केसीले २ घण्टा ३५ मिनेट ३८ सेकेन्डमा पूरा गर्दै तेस्रो स्थान प्राप्त गरेका थिए । कुनै पनि नेपाली खेलाडीले जितेको त्यो नै पहिलो अन्तर्राष्ट्रिय पदक हो । ओलम्पियन केसी अहिले पनि राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा कार्यरत छन् ।

हाम्रो खेलकुदको साउन १९ गते हुने वार्षिकोत्सवमा केसीसहित ७ खेलाडी सम्मानित हुनेछन् । हाम्रो खेलकुदले हरेक दिन सम्मानित हुने खेलाडीको नाम सार्वजनिक गर्ने जनाएको छ । हाम्रो खेलकुद २०७२ साल साउन १९ गतेबाट सञ्चालनमा आएको थियो । हाम्रो खेलकुदले सार्वजनिक रुपमा वार्षिकोत्सव मनाउन लागेको यो पहिलो पटक हो । हाम्रो खेलकुदले स्थापनाकाल देखि नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद सम्बन्धी समाचार, लेख, फोटो, भिडियोलगायतका सामाग्री प्रकाशित गर्दै आएको छ ।

त्यस्तै घरेलु प्रतियोगिताहरुलाई दर्शकमाझ पुर्याउने उद्देश्यका साथ आफ्नो फेसबुक पेज र युट्युब च्यानलमार्फत विभिन्न प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्दै आएको छ । सन् २०१९ मा पहिलो पटक हाम्रो खेलकुदले अन्तर्राष्ट्रिय प्रतियोगिताका रुपमा नेपालमा आयोजना भएको एभिसी सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिपको प्रत्यक्ष प्रसारण गरेको थियो ।

नेपाली खेलकुदसँग प्रत्यक्ष सरोकार राख्ने पोर्टल हुनुका नाताले नेपाली खेलकुदलाई उचाईमा पुर्याउन योगदान दिने सर्वकालिन सात खेलाडीलाई आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा सम्मान गर्न लागिए हाम्रो खेलकुदले जनाएको छ ।
पाटनको अशोक पार्टी प्यालेसमा हुने कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रय खेलाडी, प्रशिक्षक, खेलकुद पदाधिकारी, खेलकुद पत्रकारलगायतको सहभागिता रहनेछ । वार्षिकोत्सवको हाम्रो खेलकुदले आफ्नो फेसबुक पेज र युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण गर्नेछ ।

Success

Thank you for your time.