default_image

2 years ago

October 17, 2022

अन्तर्राष्ट्रिय मान्यता प्राप्त पोखरा म्याराथनको रुट नवौंमा प्रयोग नहुने

पोखरा (हाम्रो खेलकुद)– एसोसिसएसन अफ इन्टरनेसनल म्याराथन्स एन्ड डिस्टेन्स रेसेस (एम्स) बाट आधिकारिकता पाएको पोखरा म्याराथनको रुट पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदको एथलेटिक्स अन्तर्गत म्याराथनका लागि प्रयोग नहुने भएको छ । एम्सले विश्वभरकै म्याराथन रुटको मापन गर्दै मान्यता प्रदान गर्छ । विश्व एथलेटिक्सको सर्वोच्च निकायले पनि एम्सको रुटलाई आधार मान्दै अन्तर्राष्ट्रिय कीर्तिमानलाई मान्यता दिँदै आएको […]

131 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– एसोसिसएसन अफ इन्टरनेसनल म्याराथन्स एन्ड डिस्टेन्स रेसेस (एम्स) बाट आधिकारिकता पाएको पोखरा म्याराथनको रुट पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदको एथलेटिक्स अन्तर्गत म्याराथनका लागि प्रयोग नहुने भएको छ ।

एम्सले विश्वभरकै म्याराथन रुटको मापन गर्दै मान्यता प्रदान गर्छ । विश्व एथलेटिक्सको सर्वोच्च निकायले पनि एम्सको रुटलाई आधार मान्दै अन्तर्राष्ट्रिय कीर्तिमानलाई मान्यता दिँदै आएको छ । एम्सले रुटका आधारमा ए र बी श्रेणी तोक्छ । पोखरा म्याराथनको रुट बी श्रेणीको हो ।

नवौंको म्याराथन मंगलबार बिहान पोखरा रंगशालाबाट सुरु हुँदैछ । राष्ट्रिय खेलकुद परिषद्को एथलेटिक्सका मुख्य प्रशिक्षक चन्द्र गुरुङले पोखरा म्याराथनको रुटमा धेरै घुम्ति भएको र नवौंमा उपलब्ध एथलेटिक्सका प्राविधिक जनशक्ति पर्याप्त नहुने कारण अर्को रुट बनाइएको बताए ।

‘हामीसँग नवौंका लागि ९८ प्राविधिक छन् । म्याराथनका लागि मात्र एक सय भन्दा बढी प्राविधिक चाहिन्छ । फेरि म्याराथन चलिरहँदा हाम्रो अरु इभेन्ट्स पनि गर्नुपर्नेछ,’ गुरुङले भने,’अर्को कुरा हामीले पोखरा म्याराथनको रुट र अर्को रुट हेर्यौं तर त्यो धेरै घुम्ती र चोक पर्ने रहेछ । त्यसैले हामीले अर्को रुट नापेका छौं ।’

गरुङका अनुसार उनी र नेपाल एथलेटिक्स संघका सचिव समेत रहेका आरके विष्टले नवौंको म्याराथनका लागि रुट नापेका थिए । मंगलबार हुने म्याराथनमा महिलातर्फ १३ र पुरुषतर्फ १८ खेलाडीले नाम दर्ता गराएका छन् ।

एम्सका प्रतिनिधि अमिर शान्डीवानले भदौमा पोखरा म्याराथनसहित काठमाडौं र नेपालगन्ज म्याराथनको रुट नापेका थिए । जसलाई एम्सले पछि आधिकारिता दिएको थियो । पोखरा म्याराथन पोखरा रंगशालाबाट सुरु भएर रुट पोखरा महानगर पालिकाका १७ वटा वडाहरु हुँदै पुनः पोखरा रंगशालामा नै पुगेर सम्पन्न हुने गरेको छ ।

नवौंको म्याराथन भने पोखरा रंगशालाबाट सुरु भइ पृथ्वीचोक, तमुचोक, विरौटा हुँदै राष्ट्र बैंक चोक, लेकसाइड, हलनचोक, जिरो किलोमिटर, बागलुङ हाइवे, हेम्जा, मुलपानी हेम्जा २५ बाट फर्कने जिरो किलोमिटर, सृजनाचोक, पृथ्वीचोबाट पोखरा रंगशाला पुगेर टुंगिनेछ ।

Success

Thank you for your time.