default_image

2 years ago

October 20, 2022

५ हजार मिटरमा गोपीले स्वर्ण जिते

पोखरा (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लबका गोपीचन्द्र पार्कीले नवौं राष्ट्रिय खेलकुदको ५ हजार मिटर दौडमा स्वर्ण पदक जितेका छन् । पोखरा रंगशालाको ट्रयाकमा भएको नवौंको सातौं तथा अन्तिम दिन बिहीबार १४ मिनेट २९.६७ सेकेन्डमा दौड पूरा गर्दै गोपीले स्वर्ण पदक जितेका हुन् । ३ वर्षअघि स्वदेशमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पनि […]

64 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लबका गोपीचन्द्र पार्कीले नवौं राष्ट्रिय खेलकुदको ५ हजार मिटर दौडमा स्वर्ण पदक जितेका छन् ।

पोखरा रंगशालाको ट्रयाकमा भएको नवौंको सातौं तथा अन्तिम दिन बिहीबार १४ मिनेट २९.६७ सेकेन्डमा दौड पूरा गर्दै गोपीले स्वर्ण पदक जितेका हुन् । ३ वर्षअघि स्वदेशमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पनि गोपीले ५ हजार मिटर दौडमा नै स्वर्ण पदक जितेका थिए ।

यसमा भारतीय सेनामा कार्यरत कर्णालीका दुर्गाबहादुर बुढाले रजत र त्रिभुवन आर्मी क्लबका मुकेश पालले कास्य पदक जिते । दुर्गाले १४ मिनेट २९.९३ र मुकेशले १४ मिनेट ३६.६० सेकेन्डको समय निकालेका थिए । नवौंमै असोज ३० गते भएको १० मिटर दौडमा भने गोपीले रजत पदक जितेका थिए ।

Success

Thank you for your time.