default_image

2 years ago

October 20, 2022

निशा र शिवराजलाई २ सय मिटरमा स्वर्ण

पोखरा (हाम्रो खेलकुद)– नवौं राष्ट्रिय खेलकुदको २ सय मिटर दौडमा लुम्बिनीकी निशा चौधरी र एपिएफका शिवराज पार्र्कीले स्वर्ण पदक जितेका छन् । खरा रंगशालाको ट्रयाकमा भएको नवौंको सातौं तथा अन्तिम दिन बिहीबार निशाले २५.२४ सेकेन्डको समयका साथ पहिलो स्थान हासिल गरेकी हुन् । शिवराजले २१.९१ सेकेन्डको समय निकाल्दै नवौंमा दोस्रो स्वर्ण जितेका छन् । महिलातर्फ […]

136 views

0 Bookmark


पोखरा (हाम्रो खेलकुद)– नवौं राष्ट्रिय खेलकुदको २ सय मिटर दौडमा लुम्बिनीकी निशा चौधरी र एपिएफका शिवराज पार्र्कीले स्वर्ण पदक जितेका छन् ।

खरा रंगशालाको ट्रयाकमा भएको नवौंको सातौं तथा अन्तिम दिन बिहीबार निशाले २५.२४ सेकेन्डको समयका साथ पहिलो स्थान हासिल गरेकी हुन् । शिवराजले २१.९१ सेकेन्डको समय निकाल्दै नवौंमा दोस्रो स्वर्ण जितेका छन् ।

महिलातर्फ एपिएफकी रमिताकुमारी थारुले रजत र नेपाल पुलिस क्लबकी लक्ष्मी साउदले कास्य पदक जितिन् । रमिताले २५.९५ सेकेन्ड र लक्ष्मीले २७.५२ को सेकेन्ड निकालेकी थिइन् । पुरुषतर्फ एपिएफकै आशिष चौधरीले रजत र त्रिभुवन आर्मी क्लबका युवराज विकले कास्य पदक जिते । आशिषले २२.०५ सेकेन्ड र युवराजले २२.५० मा दौड पूरा गरेका थिए ।

त्यसअघि बिहीबार नै नेपाल एपिएफ क्लबका गोपीगन्द्र पार्कीले ५ हजार मिटर दौडमा स्वर्ण पदक जितेका छन् । १४ मिनेट २९.६७ सेकेन्डमा दौड पूरा गर्दै गोपीले स्वर्ण पदक जितेका हुन् । ३ वर्षअघि स्वदेशमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पनि गोपीले ५ हजार मिटर दौडमा नै स्वर्ण पदक जितेका थिए ।

यसमा भारतीय सेनामा कार्यरत कर्णालीका दुर्गाबहादुर बुढाले रजत र त्रिभुवन आर्मी क्लबका मुकेश पालले कास्य पदक जिते । दुर्गाले १४ मिनेट २९.९३ र मुकेशले १४ मिनेट ३६.६० सेकेन्डको समय निकालेका थिए । नवौंमै कात्तिक ३० गते भएको १० मिटर दौडमा भने गोपीले रजत पदक जितेका थिए ।

Success

Thank you for your time.