default_image

7 months ago

October 2, 2023

एसियाड-ब्याडमिन्टनका दुई इभेन्टमा नेपाल प्रिक्वार्टरमा

हाङ्गचौं (हाम्रो खेलकुद) – चीनको हाङ्गचौं जारी १९ औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत ब्याडमिन्टनको मिक्स डबल्स र पुरुष डबल्समा नेपाल प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । दुवै स्पर्धामा नेपाल २–० को सोझो सेटमा विजयी भयो । बिन्जियाङ जिम्न्याजियममा भएको मिक्स डबल्समा नेपालका विष्णु कटुवाल र नङशल तामाङको जोडीले मंगोलियाका जोल्जाया मुख्बटार र खेर्लेन दरखान्बटारको जोडीलाई २१–१६ […]

416 views

0 Bookmark

हाङ्गचौं (हाम्रो खेलकुद) – चीनको हाङ्गचौं जारी १९ औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत ब्याडमिन्टनको मिक्स डबल्स र पुरुष डबल्समा नेपाल प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । दुवै स्पर्धामा नेपाल २–० को सोझो सेटमा विजयी भयो ।

बिन्जियाङ जिम्न्याजियममा भएको मिक्स डबल्समा नेपालका विष्णु कटुवाल र नङशल तामाङको जोडीले मंगोलियाका जोल्जाया मुख्बटार र खेर्लेन दरखान्बटारको जोडीलाई २१–१६ र २१–१७ को सोझो हरायो । अर्को मिक्स डबल्समा भने सिंगापुरका तेरी काइ यङ हि र हान वेइ जेशिका तानको जोडीले नेपालका जीवन आचार्य र निता लम्सालको जोडीमाथि २१–४ र २१–३ लाई पराजित गर्यो ।

पुरुष डबल्समा नेपालका जीवन आचार्य र विष्णु कटुवालको जोडीले माल्दिभ्सका निबल अहमद र अज्फान मोहम्मद रसिदको जोडीलाई २१–१७ र २१–१८ कोे साझो सेटमा पराजित गर्यो ।सोही स्पर्धामा थाइल्यान्डका पिरात्चाई सुक्फुन र पाकापोन तिरारत्सकुलको जोडीले नेपालका प्रिन्स दाहाल र सुनिल जोशीको जोडीलाई २१–८ र २१–५ ले हरायो ।

पुरुष सिंगल्समा जापानका केन्टा निसीमोटोले नेपालका प्रिन्स दाहाललाई २१–१२ र २१–७ तथा थाइल्यान्डका कान्ताफोन वाङचारियोनले नेपालका सुनिल जोशीलाई २१–७ र २१–९ को सोझो सेटमा पराजित गरे ।

भारोत्तोलन – सारदा समूहमा पाँचौं

भारोत्तोलन अन्तर्गत समूह ‘बी’ को महिला ६४ केजीमा नेपालकी सारदा चौधरीले स्न्याचमा ७० तथा क्लिन एन्ड जर्कमा ८८ केजी गरी जम्मा १ सय ५८ केजी भार वहन गरिन् । आफ्नो समूहमा सारदा पाँचौं स्थानमा रहिन् ।

स्न्याचमा सारदाले पहिलो लिफ्टमा ७० केजी र तेश्रो लिफ्टमा ७४ केजी उचाल्ने प्रयास गरेपनि सफल भइनन् । सारदाले क्लिन एन्ड जर्कमा उठाएको ८८ केजी पहिलो लिफ्टमा हो । सारदाले क्लिन एन्ड जर्ककै दोश्रो र तेश्रो लिफ्टमा समान ९४ केजी भार वहन गर्ने प्रयास सफल भएन ।

यो सँगै भारतोलनमा नेपाली महिला खेलाडीको यात्रामा पूर्णविराम लागेको छ । यसअघि टीकामाया गुरुङले प्रतिस्पर्धा गरेका थिइन् । पुरुष खेलाडी विशालसिंह विष्ट, विकास भट्ट र सागर भण्डारीको प्रतिस्पर्धा बाँकी छ ।

एथलेटिक्स – सोम हिटमा ११ औं

एथलेटिक्सको पुरुष ८ सय मिटर दौडमा सोमबहादुर कुमाल तेश्रो हिटमा चौथो भएका छन् । उनको हिटमा नेपालसहित ७ राष्ट्रका सातै खेलाडी थिए ।

हाङ्गचौैं ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियमा सोमले निर्धारित दूरी पूरा गर्न १ मिनेट ५०.३८ सेकेन्ड सयम खर्चे । हिटको समग्रमा भने २१ खेलाडी मध्ये सोम ११ औं स्थानमा रहे । सोमले २ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । ४ सय मिटर दौडबाट पनि सोम बाहिरि सकेका छन् ।

ट्रायथलनको मिक्स रिलेमामा नेपालको कमजोर प्रदर्शन

ट्रायथलनको मिक्स रिलेमा नेपाल ११ औं भएको छ । १२ राष्ट्रको सहभागिता रहेको स्पर्धामा नेपालले ११ औं स्थान हासिल गरेको हो । नेपालबाट मौलिक महर्जन, युस्का महर्जन, बसन्त थारु र श्रेबी महर्जनले प्रतिस्पर्धा गरेका थिए । मंगोलियो अन्तिममा रह्यो ।

आर्चरीमा तिलकको मिश्रित प्रदर्शन

आर्चरीको पुरुष व्यक्तिगत कम्पाउन्डको इलिमिनेसन राउन्डमा नेपालका योगेन्द्र शेरचन इराकका मोहमम्द इब्राहिम इसक अल दाघमनसंग १४०–१३५ ले पराजित भए । सोही स्पर्धाको महिलामा भारतकी गोपीचन्द स्वामी अदितिले नेपालकी इमायुङ राईलाई १४९–१३७ ले हराइन् ।

पुरुष व्यक्तिगत रिकर्भको इलिमिनेसनमा नेपालका तिलक पुनले मिश्रित प्रदर्शन गरे । तिलक राउन्ड अफ १६ मा दक्षिण कोरियाका जिन्येक ओहसंग ६–० ले पछि परे । त्यसअघि राउन्ड अफ ३२ मा तिलकले म्यान्मारका जाउ तेतलाई ७–१ ले हराएका थिए । उक्त स्पर्धाको महिलामा बंगलादेशकी दिया सिद्धिकीले नेपालकी मन्जु बजगाईंलाई ६–० ले हराइन् ।

स्क्वासमा विपना प्रिक्वाटरफाइनलमा पराजित
स्क्वासको महिला सिंगल्समा नेपालकी पिवना ब्लोन जापानसंग ३–० ले पराजित भएकी छन् । जापानकी अकारी मिडोरिकावाले विपनालाई ११–३, ११–१ र ११–५ ले हराइन् ।

अघिल्लो दिन आइतबार पहिलो चरणमा विपनाले थाइल्यान्डकी चुजित वारिट्साराबाट ११–७, ११–७ र ११–८ ले पराजित गर्दै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरेकी थिइन् ।

मिक्स डबल्सको समूह ‘सी’ को दुवै खेलमा नेपाल पराजित भएको छ । हाङझाव ओलम्पिक स्पोर्ट्स सेन्टर कोर्टमा नेपालका अमिर ब्लोन र स्वास्थानी श्रेष्ठको जोडी मलेसिया र थाइल्यान्डसंग क्रमशः २–० र २–१ को सेटमा पराजित भए ।

Success

Thank you for your time.