default_image

2 weeks ago

March 9, 2025

सुर्खेतमा दसौं राष्ट्रिय खेलकदको सचिवालय सन्चालनमा

129 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- कर्णाली प्रदेशमा अर्को वर्ष हुने दसौं राष्ट्रिय खेलकुदको सर्खेतको वीरेन्द्रनगरमा मूल आयोजक समितिको सचिवालय स्थापना भएको छ।
वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशाला हातामा सचिवालय स्थापना गरिएको छ सचिवालयको आइतवार उद्घाटन गरिएको छ ।

संघ, प्रदेश र स्थानिय तहको प्रतिनिधित्व हुने गरी राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद खेलकुद मन्त्री तेजुलाल चौधरी, कर्णाली प्रदेशका मुख्य मन्त्री यमलाल कँडेल र वीरेन्द्र नगरपालिकाकी मेयर मोहनमाया ढकालले सचिवालयको संयुक्त रुपमा उद्घाटन गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै खेलकुद मन्त्री चौधरीले दसौं राष्ट्रिय खेलकुद अब निर्धारण गरिएको मितिमा हुने बताउँदै सहभागी हुने सबै टोलीलाई तयारी गर्न आग्रह गरे । उनले राष्ट्रिय खेलकुदका लागि खरिद प्रकृया सुरु भइसकेको जानकारी गराउँदै केही दिनमा नै उपसमिति गठन गरिने बताए ।

चौधरीले मौसमको प्रतिकुलतालाई मध्यनगर गरी खेल तालिका बनाइने बताउँदै केही खेल राष्ट्रिय खेलकुद सुरु हुन एक साता बाँकी छँदै सञ्चालन गरिने बताए ।

उनले सचिवालय स्थापना हुनु राष्ट्रिय खेलकुद २०८२ जेठ ३ गतेदेखि नै हुने सुनिश्चिता भएको बताउदै राष्ट्रिय खेलकुदलाई सफल बनाउन सबैको साथ र सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री कँडेलले कर्णाली प्रदेशका लागि दसौं राष्ट्रिय खेलकुद अवसर भएको बताउदै सचिवालय उद्घाटनले राष्ट्रिय खेलकुद जेठ ३ मै हुने सन्देश र उत्तर दुवै भएको धारणा व्यक्त गरे ।

सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले राष्ट्रिय खेलकुद तोकिएकै मितिमा सम्पन्न हुनु पर्नेमा जोड दिए । वीरेन्द्रनगर नगरपालिकाकी मेयर मोहनमाया ढकालले राष्ट्रिय खेलकुद सफलतापूर्वक सम्पन्न स्थानिय तहको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरिन् ।

राखेपका उपाध्यक्ष ध्रुव आचार्यले राष्ट्रिय खेलकुद सफल बनाउन सम्बन्धित सबैलाई सहयोग गर्न अनुरोध  गरे ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, राखेप कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठ, राखेपकी सदस्य नन्दा बस्याल, जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, खेलकर्मीलगायतको उपस्थिति रहेको थियो ।

फागुन २० गते ललितपुरको सातदाबोटोमा बसेको मूल आयोजक समितिको पहिलो बैठकले सर्खेतमा सचिवालय स्थापना गर्ने निर्णय गरेको थियो ।

Success

Thank you for your time.