default_image

9 months ago

March 9, 2025

कास्य विजेता कबड्डी टोली भोलि स्वदेश आइपुग्ने

608 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- इरानमा सम्पन्न छैटौं एसियाली महिला कबड्डी च्याम्पियनसिपमा कांस्य पदक विजेता नेपाली टोली सोमवार स्वदेश आइपुग्ने भएको छ

टोली दिउँसो ४:१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ।

नेपालसंगै बंगलादेशले च्याम्पियनसिपमा संयुक्त रुपमा तेश्रो प्राप्त गरेको थियो। चीनमा गत वर्ष भएको १९ औं एसियाली खेलकुदमा पनि नेपाली महिला कबड्डी टोलीले कांस्य पदक जितेको थियो ।

एसियाली खेलकुदमा नेपालले समूहगत खेलमा पदक जितेको कबड्डी दोस्रो खेल हो । १८ औं एसियाली खेलकुदमा नेपालले प्याराग्लाइडिङमा रजत पदक जितेको थियो। १९ औं एसियाली खेलकुदमा करातेकी एरिका गरुङले रजत पदक जितेकी थिइन् ।

इरानको राजधानी तेहरानमा भएको एसियन च्याम्पियन्सिपमा भारतले उपाधि जितेको थियो। इरान दोस्रो भएको थियो । एसियाली महिला कबड्डी च्याम्पियन्सिप दुई दशकअघि सुरु भएको कबड्डी संघले जनाएको छ ।

Success

Thank you for your time.