4 weeks ago
April 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)-राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विष्णुबहादुर सिंहलाई तालिम तथा प्रशिक्षण विभागको निर्देशकको जिम्मेवारी दिएको छ ।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङले ओलम्पियन सिंहलाई शुक्रवार पत्र प्रदान गरे ।
यसअघिका निर्देशक सोभितराज प्रसाईंले ५८ वर्षे उमेर हदका कारण शुक्रवारदेखि अनिवार्य अवकाश पाएपछि रिक्त पदमा सिंहलाई ल्याइएको हो ।
सोही अवसरमा प्रसाईंलाई पनि मायाको चिनो प्रदान गरी बिदाइ गरिएको थियो । त्यस्तै हालै विभागको उपनिर्देशकको जिम्मेवारी पाएका अरुणा गुरुङ, राजेश्वरमान स्थापित र जगदीशप्रसाद भट्टलाई सफल कार्यकालका लागि शुभकामना दिइएको थियो ।
उनीहरुलाई राखेप कार्यकारी समितिका सदस्यद्वय कमलबहादुर भट्टराई र भानबहादुर चन्दलगायतले नयाँ जिम्मेवारी पाएकोमा बधाइ दिदै प्रसाईलाई बिदाइ गरेका थिए ।