default_image

2 weeks ago

June 30, 2025

६ खेलाडीलाई राष्ट्रिय खेलकुद सम्मान

344 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकुद मन्त्रालयले  खेलाडी, प्रशिक्षक, निर्णायक र चिकित्सकलाई राष्ट्रिय खेलकुद सम्मान प्रदान गरेको छ

खेलाडी तर्फ दार्चुलाका पारा तेक्वान्दो खेलाडी भरत सिंह महता, संखुवासभाका तेक्वान्दो खेलाडी श्री प्रेम बहादुर लिम्बु, कन्चनपुरका तेक्वान्दो खेलाडी विर बहादुर महरा, झापाका कबड्डी खेलाडी अनुजा कुलुङ राई, कन्चनपुरकी कबड्डीकी मानमती विष्ट, हुम्लाकी फुटबल खेलाडी दिपा शाही पुरस्कृत भए ।

त्यस्तै प्रशिक्षक तर्फ पारा तेक्वान्दो कविराज नेगी लामा,
निर्णायकतर्फ बक्सिङका धन कुमार मैनाली, चिकित्सक तर्फ डा. राजु डंगोल (महर्जन) ले राष्ट्रिय खेलकुद सम्मान प्राप्त गरे। उनीहरु सबैले १ लाख रुपैयाँसहित सम्मान पत्र प्राप्त गरे।

सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले सम्मान प्रदान गरेका थिए।

राजोपाध्याय खेलकुद पत्रकारिता सम्मान, ९ जनालाई प्रोत्साहन पुरस्कार

नयाँ पत्रिकाका खेलकुद पत्रकार श्रीलोचन राजोपाध्यायले खेलकुद पत्रकारिता सम्मान प्राप्त गरेका छन्।

युवा तथा खेलकुद मन्त्रालयमा सोमवार भएको कार्यक्रममा राजोपाध्याय सम्मानित भएका हुन् । काठमाडौंका उनले ५० हजार रुपैयाँसहित सम्मानपत्र प्राप्त गरे।

त्यस्तै हरेक प्रदेशबाट खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार प्राप्त गरे । कोशीका मुकुन्द घिमिरे, हाम्रो खेलकुदमा आबद्ध मधेश प्रदेशका शरदचन्द्र भट्टराई, बागमतीका विक्रम कुमार बानियाँ छन्।

त्यस्तै गण्डकीका दिननाथ बराल, लुम्बिनीका स्वस्तिक श्रेष्ठ, कर्णालीका दिनेश कुमार बुढा, सुदूरपश्चिम प्रदेशका दिनेश बहादुर विष्ट प्रोत्साहन पुरस्कार प्राप्त गरे।

तनहुँकी नमिता दाहाल, समावेशी महिला तर्फ र नेपालगन्जकी रुपा गहतराज समावेशी दलित तर्फबाट पुरस्कृत भइन् । उनीहरुले २५ हजार रुपैयाँसहित सम्मान पत्र प्राप्त गरे।

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषद्ले सम्मान गरे ।

Success

Thank you for your time.