default_image

2 weeks ago

July 2, 2025

एसियाडका लागि मन्त्रालयले पठाएको खेल दर्ता भएन!

1029 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकुद मन्त्रालयले २० औं एशियाली खेलकुदको लागि पठाएको ३१ वटा खेल आयोजक कमिटीले दर्ता नगरेको बुझिएको छ।

हिजो युवा तथा खेलकुद मन्त्रालयले ३१ खेल दर्ताको दाबी गर्दै प्रेस विज्ञप्ति जारी गरेको थियो। तर मन्त्रालयलाई हिजो मात्र इमेल-मार्फत ३१ खेलको सुची इमेल मार्फत पठाएको बताइएको छ ।

तर आयोजक कमिटीले नेपाल ओलम्पिक कमिटी (एनओसी) मार्फत खेल दर्ता गर्नुपर्ने नियम रहेको र सोही अनुरुप आउन जवाफ फर्काएको छ। सो जवाफमा एनओसीले पठाएको ३० खेल दर्ता भैसकेको पनि उल्लेख गरिएको छ।

आयोजक समितिले एनओसीले दर्ता गराएको ३० खेल दर्ता भएको र मन्त्रालयलाई एनओसी मार्फत आउन भनेको एनओसी अध्यक्ष जीवन राम श्रेष्ठले बताए।

हिजो एनओसीले असार १६ गतेसम्म खेल दर्ता गर्नुपर्ने मिति रहेको कारण ३० खेलले जवाफ पठाएको र त्यहि खेल दर्ता भएको जनाएको थियो।

मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद (राखेप) लाई एनओसीले खेल दर्ताको लागि पठाएको पत्रको जवाफ नआएपछि संघहरुलाई नै आव्हान गरेको थियो। सोही अनुरूप ३० खेल दर्ता भएको हो।

एनओसीले पत्रकार सम्मेलन गरे लगत्तै मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै एनओसी अवैधानिक रहेको कारण उसले गरेको कुनै पनि काम कारबाही मान्य नहुने भन्दै ३१ खेल दर्ता गरेको दाबी गरेको थियो।

मन्त्रालयको सचिवालयले खेल दर्ता भैसकेको इमेल समेत आएको जानकारी हाम्रो खेलकुद डटकमलाई जानकारी दिएको थियो।

युवा तथा खेलकुद मन्त्रालयले दर्ता गराएको भनिएको खेल

एथलेटिक्स, बक्सिङ, क्रिकेट, तेक्वान्दो, कबड्डी, कराते, इ-स्पोर्ट्स, उसु, जिम्न्यास्टिक, पौडी, जुडो, टेबल टेनिस, भलिबल, साइकलिङ, इक्वेस्ट्रियन, फुटबल, फेन्सिङ, गल्फ, सुटिङ, टेनिस, ट्रायथलन, भारोत्तोलन, कुस्ती, बास्केटबल, ब्याडमिन्टन, हकी, सफ्ट टेनिस, ह्यान्डबल, स्क्वास, रग्बी, रोइङ

एनओसीमार्फत दर्ता भएका खेल

एथलेटिक्स, आर्चरी, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, ब्रेकिङ एण्ड डान्स स्पोर्टस, बेसबल एण्ड सफ्टबल, राफ्टिङ एण्ड कनोइङ, कुराँस, क्रिकेट, साइक्लिङ, इ-स्पोर्टस, गल्फ, हकी, जुडो, कबड्डी, कराते, मोडर्न पेन्टाथलन, रग्बी, स्केटिङ, स्पोर्टस क्लाइम्बिङ्ग, स्कावस, सफ्ट टेनिस, पौडी, टेनिस, टेबल टेनिस, भलिबल, भारतोलन, कुस्ती, उसु

Success

Thank you for your time.