default_image

4 months ago

August 22, 2025

खेलकुद मन्त्री चौधरीसँग एनओसी तदर्थ समितिको‌ भेट

164 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- सरकारी मान्यताको नवगठित नेपाल ओलम्पिक कमिटी (एनओसी ) तदर्थ समितिको संयोजक ध्रुव बहादुर प्रधान नेतृत्वको टोलीले आज युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसंग भेटवार्ता गरेको छ ।

तदर्थ समितिको नयाँ नेतृत्वले पहिलो पटक बिहिवार औपचारिक पत्रकार सम्मेलन गरी आफ्ना भावी कार्ययोजना सार्वजानिक गरेपछि माननीय मन्त्रीसँगको यो पहिलो भेटघाट हो ।

तदर्थ समितिका संयोजक लगायत ९ सदस्य टोलीसँगको भेटघाटमा राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंक लाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका खेलकुद महाशाखाका प्रमुख सहसचिव रामचरित्र मेहताको समेत उपस्थिति थियो ।

भेटघाटमा अगामी वर्ष जापानमा हुने एसियन खेलकुदमा नेपालको प्रतिनिधित्वलाई सुनिश्चित बनाउनका लागि अविलम्ब पहलकदमी लिने साथै एनओसीका गतिविधिलाई कानुन बमोजिम सक्रिय बनाउन राखेप र मन्त्रालयले खेल्नुपर्ने भूमिका बारे समेत छलफल भएको बताइएको छ।

मन्त्रालय र राखेपसँग समन्वय र सहजीकरण गरेर एनओसीले आफ्ना गतिबिधि बढाउन मन्त्रीले तदर्थ समितिलाई निर्देशन दिएको जनाइएको छ।

जीवनराम श्रेष्ठ नेतृत्वको रहेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त एनओसीको बैठक पनि आजै बसेको छ।

Success

Thank you for your time.