default_image

8 years ago

April 20, 2017

नेपाली खेलाडीले थाइल्यान्ड ओपन करातेमा प्रतिस्पर्धा गर्ने

106 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा सहभागी हुन ११ खेलाडीसहित १५ सदस्यीय नेपाली कराते टोली शुक्रबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ ।

थाइल्यान्डको राजधानी बैंकक अप्रिल २० देखि २४ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ५५ केजीमा सोनाम लामा, ६० केजीमा रविन्द्र कार्की, ८४ केजीमुनि दिवस श्रेष्ठ र विप्लव श्रेष्ठ तथा ८४ केजीमाथि लेखनाथ मैनालीले प्रतिस्पर्धा गर्नेछन् ।

महिलातर्फ ५० केजीमा कुसुम खड्का र अनु अधिकारी, ५५ केजीमा मनीषा चौधरी, ६१ केजीमा सपना लामा, ६८ केजीमुनि विभूषा थापा तथा ६८ केजीमाथि कल्पना बस्नेतले नेपालको प्रतिनिधित्व गर्नेछन् । टिम प्रशिक्षकमा अक्बर शाह, कुशल श्रेष्ठ र दीपक श्रेष्ठ तथा अफिसियलमा मधु लामा र फुर्वा लामा रहेका छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट र नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङले बिहीबार विदाई गरे । ७ खेलाडीसहित १० सदस्यीय नेपाली कराते टोली सोही प्रतियोगिताका लागि यसअघि नै बैंकक पुगिसकेको छ ।

जसमा परशुराम बास्तोला, गुबीराम घले, अनिल चौधरी, निर्मला तामाङ, सुनिता नेपाली, संगिता मगर र कर्मा लामा रहेका छन् । परशुराम र निर्मलाले व्यक्तिगत र टिम काता दुवैमा तथा बाँकी खेलाडीले टिम कातामा प्रतिस्पर्धा गर्नेछ । कातामा गंगाराम महर्जन प्रशिक्षक तथा रवि महर्जन र ज्ञानबहादुर मोक्तान अफिसियल रहेका छन् ।

Success

Thank you for your time.