default_image

7 years ago

June 3, 2017

राखेपले खेलकुद अस्पताल र विश्वविद्यालय निर्माण गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलकुद अस्पताल र खेलकुद विश्वविद्यालय निर्माण गर्ने निर्णय गरेको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीको अध्यक्षतामा शनिबार बसेको को १०८ औं बोर्ड बैठकले उक्त निर्णय गरेको राखेपले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ । बैठकले आठौं राष्ट्रिय खेलकुद […]

47 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलकुद अस्पताल र खेलकुद विश्वविद्यालय निर्माण गर्ने निर्णय गरेको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीको अध्यक्षतामा शनिबार बसेको को १०८ औं बोर्ड बैठकले उक्त निर्णय गरेको राखेपले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ ।


बैठकले आठौं राष्ट्रिय खेलकुद हालकै संरचना कायम रहेको अवस्थामा मध्यपश्चिमाञ्चलमा गर्ने निर्णयलाई अनुमोदन गरेको छ । गत पुस १५ गते पूर्वाञ्चलको धरानमा भएको सातौं राष्ट्रिय खेलकुदको समापनका अवसरमा २०७५ सालमा गर्ने गरी आठौं राष्ट्रिय खेलकुदको झण्डा मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीलाई हस्तान्तरण गरिएको थियो ।

त्यत्ति बेला मन्त्रीस्तरीय निर्णय भएकोमा शनिबारको बैठकले उक्त निर्णयलाई अनुमोदन गरेको हो । यदि नयाँ संरचना कार्यान्वयन भएमा सोही वर्षको मंसिरमा आठौं राष्ट्रिय खेलकुद प्रदेश नं. ५ को बाँके र दाङमा गर्ने निर्णय गरेको छ ।

खेलाडी विशेष सुविधा कार्यविधि– २०७३ का सम्बन्धमा सम्बद्ध पक्षसंग सहमति लिइ कार्यान्वयन गर्न प्रकृया अगाडि बढाउने तथा राखेपको केन्द्र, प्रदेश र स्थानिय तहको संगठन संरचना तथा व्यवस्थापन तालिका– २०७४ लाई पुनारोवोलन गरी मन्त्रालयमा पठाउने निर्णय भएको छ ।

बैठकले राखेपका नवनियुक्त सदस्यद्वय अर्जुनबहादुर केसी र सुदिल शाहीलाई स्वागत गरेको थियो । त्यस्तै, सातौं राष्ट्रिय खेलकुद आयोजनाको प्रगति समीक्षा सम्बन्धको आर्थिक पक्षमा १५ दिन भित्र पेश्की फछ्र्यौट गराइ यथार्थ खर्चको विवरण पेश गरी नपुग रकम माग गर्ने निर्णय गरिएको छ । लामो समयदेखि रोकिएको कर्मचारीको पदपूर्ति र बढुवा प्रकृयालाई कार्यान्वयन गर्न जोडदार पहल गर्ने निर्णय गरेको छ ।

बैठकमा सातौं राष्ट्रिय खेलकुदलाई सफलतापूर्वक सम्पन्न गर्न गठित विभिन्न उपसमितिका कार्य प्रगतिका सम्बन्धमा समीक्षाका साथै खेलकुदको विकास र विस्तारका विविध पक्षमा व्यापक छलफल भएको थियो ।

Success

Thank you for your time.