default_image

7 years ago

June 25, 2017

भारोत्तोलनका मुख्य प्रशिक्षक जोशी रहेनन्

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली भारोत्तोलनका मुख्य प्रशिक्षक सुनिललाल जोशीको उपचारका क्रममा आज निधन भएको छ । जेठ अन्तिममा हृदयघात भएपछि जोशीलाई उपचारका लागि गंगालाल हृदयरोग केन्द्र लगिएको थियो । त्यहि उपचारका क्रममा ५२ बर्षे जोशीको निधन भएको दक्षिण एसियाली खेलकुद (साग) का करातेका स्वर्ण पदक विजेता रवि महर्जनले जानकारी दिए । ओलम्पियन जोशी दक्षिण […]

41 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली भारोत्तोलनका मुख्य प्रशिक्षक सुनिललाल जोशीको उपचारका क्रममा आज निधन भएको छ । जेठ अन्तिममा हृदयघात भएपछि जोशीलाई उपचारका लागि गंगालाल हृदयरोग केन्द्र लगिएको थियो । त्यहि उपचारका क्रममा ५२ बर्षे जोशीको निधन भएको दक्षिण एसियाली खेलकुद (साग) का करातेका स्वर्ण पदक विजेता रवि महर्जनले जानकारी दिए ।


ओलम्पियन जोशी दक्षिण एसियाली खेलकुद (साग)मा नेपालका लागि सर्वाधिक पदक दिलाउने खेलाडी हुन् । अन्तिम श्रद्धान्जलीका लागि बिहान १०ः०० बजे उनको पार्थिव शरीर राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा राखिने राखेपले जनाएको छ ।

Success

Thank you for your time.