default_image

7 years ago

June 29, 2017

लेखनाथमा बहुउद्देश्यीय कभर्ड हलको सिलान्यास

पोखरा (हाम्रो खेलकुद)– लेखनाथको भण्डारढीकमा बहुउद्देश्यीय कर्भड हल निर्माण गरिने भएको छ । युवा तथा खेलकुद मन्त्रालयको आर्थिकसहयोग र पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिको पहल एवंम आर्दश युवा क्लवको संरक्षणमा करिव ५५ लाखको लागतमा प्रस्तावित अन्तराष्ट्रिय मापदण्ड स्तरको कर्भडहलको बुधबार एक कार्यक्रमबीच सिलान्यास गरियो । सन् २०१९ मा हुने दक्षिण एसियाली खेलकुद (साग) लाई मध्यनजर […]

80 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– लेखनाथको भण्डारढीकमा बहुउद्देश्यीय कर्भड हल निर्माण गरिने भएको छ । युवा तथा खेलकुद मन्त्रालयको आर्थिकसहयोग र पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिको पहल एवंम आर्दश युवा क्लवको संरक्षणमा करिव ५५ लाखको लागतमा प्रस्तावित अन्तराष्ट्रिय मापदण्ड स्तरको कर्भडहलको बुधबार एक कार्यक्रमबीच सिलान्यास गरियो ।

कभर्ड हलको सिलान्यास गर्दै पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल ।

सन् २०१९ मा हुने दक्षिण एसियाली खेलकुद (साग) लाई मध्यनजर राख्दै ४५ मिटर लम्बाई र ३० मिटर चौडाईको बहुउद्देश्यीय कर्भड हल भित्र विभिन्न प्रकारका खेलहरु खेल्न सकिने छ ।

बहुउद्देश्यीय कर्भड हलको शिलन्यास गर्दै पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले खेलकुद क्षेत्रको विकासका लागि पूर्वाधार खडा गर्दै खेलाडीहरुलाई अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउनु पर्नेमा जोड दिए । उनले लेखनाथको भण्डारढीकमा अवस्थित रंगशालालाई कास्कीको वैकल्पिक रंगशालाको रुपमा विकास गर्न हर सम्भव प्रयास गरिने समेत बताए ।

आदर्श युवा क्लबका अध्यक्ष लक्ष्मी भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष तथा पोखरा लेखनाथ महानगर पालिका वडा नं २९ का वडाअध्यक्ष चेतवहादुर गुरुङ र भवन निर्माण समितिका सदस्य सचिव सुभाष खड्काले युवाहरुलाई खेलकुद तर्फ आकर्षण गर्नका लागि ब्यवस्थित खेल मैदान आवश्यक पर्ने भएकोमा जोड दिएका थिए ।

Success

Thank you for your time.