default_image

7 years ago

June 30, 2017

१३ औं साग तयारीका नाममा अर्को समिति

काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण आयोजनाको जिम्मेवारी पाएको डेढ बर्षपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उपाध्यक्ष लामा टेन्डी शेर्पाको संयोजकत्वमा ७ सदस्यीय निर्माण तथा तयारी समिति गठन गरेको छ । भारतमा २०७२ को फागुनमा १२ औं सागका समापनका दौरान नेपाललाई १३ औं साग आयोजकका रुपमा झन्डा हस्तान्तरण गरिएको थियो […]

54 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण आयोजनाको जिम्मेवारी पाएको डेढ बर्षपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उपाध्यक्ष लामा टेन्डी शेर्पाको संयोजकत्वमा ७ सदस्यीय निर्माण तथा तयारी समिति गठन गरेको छ ।

भारतमा २०७२ को फागुनमा १२ औं सागका समापनका दौरान नेपाललाई १३ औं साग आयोजकका रुपमा झन्डा हस्तान्तरण गरिएको थियो । सरकारले यसअघि १३ औं साग तयारी तथा व्यवस्थापन समिति गठन गरेको थियो ।

१३ औं सागको पूर्वाधार तथा निर्माण सम्बन्धी अत्यावश्यक कार्य गर्न उपाध्यक्ष शेर्पाको संयोजकत्वमा शुक्रबार समिति गठन गरिएको राखेपले जनाएको छ । समितिलाई ८ बुँदे कार्यक्षेत्र पनि तोकिएको छ । १३ औं साग आयोजनाका लागि भौतिक पूर्वाधार निर्माण र पूर्ननिर्माणका काम अघि बढ्न नसकेको भन्दै चौतर्फी आक्रमण भएपछि राखेपले समिति गठन गरेको हो ।

समितिलाई १३ औं सागमा समावेश खेलहरुका पूर्वाधार सम्बन्धी रंगशाला, कभर्डहल, सेमि कभर्डहल र खेल मैदानहरु एकिन गरी सोको निर्माण लागत इष्टिमेट सहितको विवरण पेश गर्न भनिएको छ । त्यो विवरणमा काठमाडौं उपत्यका र अन्य शहरहरुको भौतिक पूर्वाधारलाई पनि समेट्न भनिएको छ ।

राखेप, सेना, प्रहरी, शसस्त्र प्रहरी र निजी संस्थानहरुको पूर्वाधारको अभिलेख तयारी गरि त्यहाँ १३ औं सागको सञ्चालन गर्न सकिने नसकिने प्रतिवेदन समेत पेश गर्न भनिएको छ । नयाँ निर्माण गर्नु पर्ने रंगशाला, कभर्डहल, सेमि कभर्डहल तथा अहिले रहेका पूर्वाधारहरुको मर्मत संभार र स्तरोउन्नती सम्बन्धि विवरण बुझाउन पनि समितिले तोकिएको छ ।

खेलकुदसँग सम्बन्धित निकायसँग सहकार्यसहित १३ औं सागका लागि तयार गर्नु पर्ने नारा, गीत, लोगो, मस्कट आदि अति आवश्यक कार्यका लागि प्रक्रिया अगाडि बढाउने समितिले जिम्मा पाएको छ । तत्काल गर्नुपर्ने कामको प्रक्रिया अघि बढाउन र सरकारले गठन गरेको तयारी तथा व्यवस्थापन समितिसंग समन्वय गरी काम गर्न समेत राखेपले समितिलाई निर्देशन दिएको छ ।

राखेपको अध्यक्ष रहने युवा तथा खेलकुद मन्त्री रिक्त रहेको बखतमा गठन गरिएको समितिको सदस्यहरुमा राखेपका सदस्य अर्जुनबहादुर केसी, राष्ट्रिय खेल संघको प्रतिनिधिका रुपमा नेपाल ट्रायथलन संघका महासचिव नीलेन्द्रराज श्रेष्ठ, १३ औं साग तथा तयारी व्यवस्थापन सचिवालयका सचिव रिमबहादुर रानाभाट सदस्य छन् ।

त्यस्तै अन्य सदस्यमा युवा तथा खेलकुद मन्त्रालयबाट उप–सचिव स्तरको प्रतिनिधि, राखेपअन्तर्गत प्रशासन विभाग प्रमुख बासुदेव आचार्य तथा राखेपअन्तर्गत निर्माण तथा मर्मत शाखाका प्रमुख अरुण उपाध्याय छन् । समितिका संयोजक शेर्पा अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटि (एनओसी) का महासचिव र श्रेष्ठ सदस्य हुन् ।

समितिलाई तोकिएका कार्य क्षेत्र यस प्रकार छन्
१. १३ औं दक्षिण एसियाली खेलमा समावेश गरिने खेलहरुको खेल पूर्वाधार सम्बन्धी रंगशाला, कभर्डहल, सेमि कभर्डहल र खेल मैदानहरु एकिन गरी सोको निर्माण लागत इष्टिमेट सहितको विवरण परिषद्मा पेश गर्ने (काठमाडौं उपत्यका लगायतका अन्य शहरहरुमा समेत)

२. राष्ट्रिय खेलकुद परिषद्, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र निजी संस्थाहरुको स्वामित्वमा रहेका खेल पुर्वाधारहरुको अभिलेख संकलन गरी साग खेल संचालन गर्न सकिने÷नसकिने बारे एकिन गरी सम्बन्धित निकायहरुमा समन्वय गरेर परिषद्मा विवरण पेश गर्ने ।

३. १३ औं साग खेल संचालनका लागि नयाँ निर्माण गर्नु पर्ने रंगशाला, कभर्डहल, सेमि कभर्डहल, र खेलको नियम र चरित्र अनुसारका खेल स्थलहरु सम्बन्धमा सम्बद्ध निकायमा समन्वय गरी परिषद्मा पेश गर्ने ।

४. मौजुदा पूर्वाधारहरुको मर्मत संभार र स्तरोउन्नती सम्बन्धि कार्यका लागि सम्बद्ध निकायमा समन्वय गरी विवरण सहित परिषद्मा पेश गर्ने ।

५. १३ औं दक्षिण एसियाली खेलकुद संचालनका लागि युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटि र अन्य आवश्यक संस्थाहरुसंग समन्वय गरी सहकार्यको सहज वातावरण सृजना गरी सो सम्बन्धि कार्य प्रगति परिषद्मा जानकारी गराउने ।

६. १३ औं सागका लागि तयार गर्नु पर्ने नारा, गीत, लोगो, मस्कट आदि अति आवश्यक कार्यका लागि प्रक्रिया अगाडि बढाउने ।

७. तत्काल निर्णय गर्नुपर्ने, तयारी गर्नुपर्ने, समन्वय र सम्पर्क गर्नुपर्ने, स्वीकृति लिनु पर्ने आदि जस्ता विषयहरुमा प्रक्रिया अघि वढाउन पहल गर्ने ।

८. नेपाल सरकारद्वारा गठित १३ औं साग तयारी तथा व्यवस्थापन समितिसंग समन्वय गरी कार्य गर्नु पर्ने ।

Success

Thank you for your time.