default_image

6 years ago

May 3, 2018

एसियाडको तयारीका लागि तेक्वान्दो खेलाडी कोरियातर्फ, सदस्य सचिवले नै गरे विदाई

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली तेक्वान्दो खेलाडीले १८ औं एसियाली खेलकुद (एसियाड) को तयारी कोरियामा गर्ने भएको छ । इन्डोनेसियामा भदौमा हुने एसियाडको तयारीका लागि नेपाल तेक्वान्दो संघको पहलमा कोरियामा प्रशिक्षणको व्यवस्था मिलाइएको हो । तेक्वान्दो टोली बिहीबार कोरियातर्फ प्रस्थान गरेको छ ।  तेक्वान्दो संघ र नेपाल तेक्वान्दो युनियनले छनोट गरेको खेलाडीबीच अन्तिम छनोट गर्नुपर्ने बताउँदै […]

49 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली तेक्वान्दो खेलाडीले १८ औं एसियाली खेलकुद (एसियाड) को तयारी कोरियामा गर्ने भएको छ । इन्डोनेसियामा भदौमा हुने एसियाडको तयारीका लागि नेपाल तेक्वान्दो संघको पहलमा कोरियामा प्रशिक्षणको व्यवस्था मिलाइएको हो । तेक्वान्दो टोली बिहीबार कोरियातर्फ प्रस्थान गरेको छ । 

तेक्वान्दो संघ र नेपाल तेक्वान्दो युनियनले छनोट गरेको खेलाडीबीच अन्तिम छनोट गर्नुपर्ने बताउँदै आएका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्टले नै संघले आयोजना गरेको कार्यक्रममा खेलाडीको विदाई गरेका थिए ।

सातदोबाटोस्थित संघको कार्यालयमा आयोजित विदाई कार्यक्रममा बिहिबार सदस्य सचिव विष्टले भने ‘तपाईहरु ढुक्क भएर खेल्नुस । शुभकामना छ । तेक्वान्दोले दिलाएका सफलता तपाइहरुले दो¥याउनु हुनेछ । नियम कानुनभन्दा बाहिरको बेथितीको अन्त्य गर्न म कठोर निर्णय गर्न तयार छु । देशका लागि तेक्वान्दोले एसियाडमा पदक जित्नेमा म विश्वस्त छु । त्यसै अनुरूप तयारी गर्नु होला ।’

तेक्वान्दो टोलीलाई सदस्यसचिव विष्ट, नेपाल तेक्वान्दो संघका उपाध्यक्षत्रय हरिश्वर पोख्रेल, भानबहादुर चन्द, संघका महासचिव दीपराज गुरुङ र सचिव एवं प्रवक्ता दीपक विष्टले खेलाडीलाई बिदाई गरेका थिए । प्रशिक्षक संगिना वैद्यको नेतृत्वमा रहेको खेलाडी टोलीमा ५ महिला र पुरुष खेलाडी छन् । उनीहरुले सोलको चुङ वो मार्सल आर्टस् इन्सिच्युटमा ३ महिना प्रशिक्षण लिनेछन् ।

त्यहीँबाट खेलाडी इन्डोनेसियामा हुने एसियन गेम्समा सहभागि हुनेछन् । एसियामा पुरुषतर्फ ५८ केजी मुनि, सागर गुभाजु, ६३ केजीमुनि वीरबहादुर महरा, ६८ केजीमुनि ज्ञानेन्द्र हमाल, ८० केजी मुनि भुपेन श्रेष्ठ र ८० केजीमाथि अनोज पुजारीले प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै ४९ केजीमुनि अस्मिता खड्का, ५३ केजीमुनि निमा गुरुङ, ५७ केजीमुनि ज्ञानी चुनारा, ६७ केजीमुनि संगिता बस्याल र ६७ केजीमाथि निशा रावलले नेपालको प्रतिनिधित्व गर्नेछन् ।

Success

Thank you for your time.