default_image

6 years ago

July 19, 2018

खेलकुद नीति पुनरावलोकन र विकासको गुरुयोजनामा छलफल

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकु नीति बनेको झन्डै ८ वर्षपछि पुनरावलोकनका लागि प्रयासथ थालनी भएको छ । युवा तथा खेलकुद मन्त्रालयले खेलकुद नीति पुनरावलोकनसहित खेलकुद विकास गरुयोजना पनि बनाउने योजनासहित छलफल अघि बढाएको छ । खेलकुद नीति २०६७ मा तयार भएपनि अहिले सम्म कार्यान्वयमा आउन सकेको छैन । सिंहदरबारस्थित मन्त्रालयमा बिहिबार एक कार्यक्रमबीच खेलकुद नीति […]

41 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकु नीति बनेको झन्डै ८ वर्षपछि पुनरावलोकनका लागि प्रयासथ थालनी भएको छ । युवा तथा खेलकुद मन्त्रालयले खेलकुद नीति पुनरावलोकनसहित खेलकुद विकास गरुयोजना पनि बनाउने योजनासहित छलफल अघि बढाएको छ । खेलकुद नीति २०६७ मा तयार भएपनि अहिले सम्म कार्यान्वयमा आउन सकेको छैन ।

सिंहदरबारस्थित मन्त्रालयमा बिहिबार एक कार्यक्रमबीच खेलकुद नीति तथा खेलकुद विकासको गुरुयोजनाको मस्यौदामा सुझाव संकलन गरिएको बताइएइको छ । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न छलफलमा पूर्व सचिव प्रतापकुमार पाठकले नेपाली खेलकुदको गुरुयोजनाको मस्यौदाबारे जानकारी गराएका थिए ।

पाठकले नेपाली खेलकुदको वर्तमान अवस्था, चुनौती र सम्भावना सहितको १५ वर्षे गुरुयोजना प्रस्तुत गरेका थिए । खेलकुद नीति र गुरुयोजनामा मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले संघीय संरचना अनुसार नेपाली खेलकुदको पुर्नसंरचनका विषयमा गुरुयोजना र ऐनले प्रष्ट पार्नुपर्ने बताए । ओलीले मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को वर्तमान जनशक्ति व्यवस्थापनलाई खेलकुद नीतिले समेट्नु पर्ने धारणा राखे ।

पूर्व खेलकुद मन्त्री दलजित विके श्रीपाईलीले गुरुयोजना रणनीतिक महत्वको भएको उल्लेख गर्दै यसलाई अविलम्ब लागू गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले मस्यौदा परिमार्जनका लागि छलफल आयोजना गरिएको बताउदै यसले चाँडै पूर्णता पाउने विश्वास व्यक्त गरे । नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले मस्यौदा लेखनमा अझ नयाँ सोच आउनु पर्ने बताए ।

मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले प्राप्त सुझावलाई समेटेर अघि बढ्ने बताए । मन्त्री विश्वकर्माले नयाँ सरकारले विकास र समृद्धिको लक्ष्य प्राप्त गर्न अघि बढेको जानकारी दिदै खेलुकद क्षेत्र त्यसको मापन हुने बताए । कार्यक्रममा विभिन्न राष्ट्रिय खेल संघका, उद्योग वाणिज्य महासंघ, सुरक्षा निकाय, जिल्ला समन्वय समिति, प्याब्सन, एन प्याब्सनलगायतका प्रतिनिधिहरुको आ–आफ्नो धारणा राखेका थिए ।

Success

Thank you for your time.