default_image

9 years ago

August 30, 2015

राखेपको बार्षिकउत्सवमा सदस्य सचिवको शुभकामना

 हाम्रो खेलकुद संवाददाता काठमाडौं, भदौ १३ सदस्य सचिव केशवकुमार विष्टले राष्ट्रिय खेलकुद परिष (राखेप) को ५२ औं स्थापना दिवसको अवसरमा खेल क्षेत्रसँग सम्बन्धित सबैलाई शुभकामना दिएका छन् । राखेपको बार्षिकउत्सवमा सदस्य सचिवको शुभकामना हाम्रो खेलकुद संवाददाता काठमाडौं, भदौ १३ सदस्य सचिव केशवकुमार विष्टले राष्ट्रिय खेलकुद परिष (राखेप) को ५२ औं स्थापना दिवसको अवसरमा खेल क्षेत्रसँग […]

53 views

0 Bookmark

 हाम्रो खेलकुद संवाददाता काठमाडौं, भदौ १३

सदस्य सचिव केशवकुमार विष्टले राष्ट्रिय खेलकुद परिष (राखेप) को ५२ औं स्थापना दिवसको अवसरमा खेल क्षेत्रसँग सम्बन्धित सबैलाई शुभकामना दिएका छन् ।

५२ औं स्थापना दिवसमा सदस्य सचिबको शुभकामना सन्देश

५२ औं स्थापना दिवसमा सदस्य सचिबको शुभकामना सन्देश

राखेपको बार्षिकउत्सवमा सदस्य सचिवको शुभकामना हाम्रो खेलकुद संवाददाता काठमाडौं, भदौ १३ सदस्य सचिव केशवकुमार विष्टले राष्ट्रिय खेलकुद परिष (राखेप) को ५२ औं स्थापना दिवसको अवसरमा खेल क्षेत्रसँग सम्बन्धित सबैलाई शुभकामना दिएका छन् । उनले आइतबार प्रेस विज्ञप्ती जारी गर्दै खेलाडी, प्रशिक्षक, कर्मचारी, खेल पदाधिकारी, सञ्चारकर्मी र खेलप्रेमीलाई शुभकामना दिएका हुन् । वैशाख १२ को विनाशकारी भूकम्पका कारण खेलकुद क्षेत्रले समेत भौतिक क्षति बेहोरेका कारण कुनै औपचारिक कार्यक्रम नराखिएको सदस्य सचिवका प्रेस सल्लाहकार रोहित दहालले जानकारी दिएका छन् ।

२०२१ भदौं १३ गतेलाई राखेपको स्थापना दिवस मानिदै आएको छ । यद्दपी २०१५ सालमा नै स्वास्थ्य तथा खेलकुद परिषद गठन भएको थियो । तर २०२१ भदौ १३ गते खेलकुद विकास ऐन लागु भएको दिनलाई राखेपले आफ्नो स्थापना दिवस मान्दै आएको छ । त्यसै ऐनसँगै स्वास्थ तथा खेलकुद परिषद् को नाम राखेप राखिएको हो । उनले खेलकुद सीमित श्रोत र साधनका बावजुद पनि विश्वका शक्तिशाली मुलुकहरुलाई चुनौती दिने एउटै शसक्त माध्यम भएको बताएका छन् । ‘आधा शताब्दी भन्दा बढिको इतिहास बोकेको राखेप अनेक आरोह अबरोह पार गर्दै सीमित श्रोत र साधनका बावजुद नेपाली खेलकुद र खेलाडीले हासिल गरेको उपलब्धी प्रशंसनीय र सम्झना योग्य छ,’ विज्ञप्तीमा भनिएको छ,‘ सीमिति श्रोत र साधनका बावजुद पनि विश्वका शक्तिशाली मुलुकहरुलाई चुनौती दिने एउटै माध्यम अहिले खेलकुद हो ।’

सदस्य सचिव विष्टले क्रिकेटलगायतका खेलले नेपालको प्रष्तिठा बढाएको स्मरण गरेका छन् । त्यस्तै अघिल्लो दिन शनिबार पहिलो पटक आयोजित साफ यु–१९ च्याम्पियनसिप विजेता नेपाली युवा टोलीलाई बधाई दिएका छन् । भारतसँगको फाइनलमा निर्धारित ९० मिनेटक १–१ को बराबरी टुंगिएपनि टाइब्रेकरमा ५–४ ले अघि रहँदै नेपाल च्याम्पियन बनेको थियो । सन् १९९३ मा छैटौं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेयता नेपाली फुटबलले प्राप्त गरेको यो पहिलो ठूलो सफलता हो । खेल प्रतिको बढ्दो रुचिका बीच खेलाडीको उच्च प्रदर्शन पछिल्लो समयका उपलब्धी रहेको चर्चा गर्दै विष्टले यस्तो सम्भावना र नेपालको नाम अन्तर्राष्ट्रिय जगतमा उच्च राख्ने खेलकुद क्षेत्र अब सबैको प्राथमिकतामा पर्नुपर्नेमा जोड दिएका छन् । नियमित तथा वैज्ञानिक प्रशिक्षण, उचित पूर्वाधार र खेल मैत्री वातारण बनाउन सके नेपाली खेलाडीले अझै सफल नतिजा प्राप्त गर्नेमा विश्वस्त रहेका उनले आफ्नो नेतृत्वमा राखेप बोर्डले आवश्यक कदम चालेको उल्लेख गरेका छन् ।

खेलकुदमा सम्भावना र चूनौती दुवै रहेको स्वीकार्दै सदस्य सचिव विष्टले खेलाडिको मनोबल बढाउन उनीहरुका लागि आवश्यक पूर्वाधारसहितको खेलकूद वातावारण निर्माण गर्नु कर्तव्य ठानेको बताएका छन् । राखेपकोे भूमिकालाई थप प्रभावकारी बनाउन धेरै काम गर्न बाँकी रहेको औल्याउँदै उनले खेलाडी, पत्रकार र खेलप्रेमीलाई सल्लाह, सुझाव र सहयोग गर्न आग्रह समेत गरेका छन् ।

Success

Thank you for your time.