default_image

9 years ago

September 14, 2015

राखेपद्धारा चार खेलकुद पत्रकार सम्मानित

काठमाडौं, भाद्र २८ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ५२ औं बार्षिक उत्सवका अवसरमा नेपाल खेलकुद पत्रकार मञ्चका दुई पदाधिकारी, सदस्यसहित चार पत्रकारलाई सम्मानित गरेको छ । मञ्चका प्रथम उपाध्यक्ष ध्रुब तुलाधर, महासचिव महेश आचार्य, सदस्य प्रजित शाक्य र फोटो पत्रकार राजेन्द्र चित्रकारलाई युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल र राखेप सदस्य सचिव केशवकुमार विष्टले […]

67 views

0 Bookmark

काठमाडौं, भाद्र २८ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ५२ औं बार्षिक उत्सवका अवसरमा नेपाल खेलकुद पत्रकार मञ्चका दुई पदाधिकारी, सदस्यसहित चार पत्रकारलाई सम्मानित गरेको छ । मञ्चका प्रथम उपाध्यक्ष ध्रुब तुलाधर, महासचिव महेश आचार्य, सदस्य प्रजित शाक्य र फोटो पत्रकार राजेन्द्र चित्रकारलाई युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल र राखेप सदस्य सचिव केशवकुमार विष्टले संयुक्तरुपमा सम्मानित गरेका हुन् ।

Mahesh Acharya NSJF's general secretary
सम्मानितले चार जनाले सम्मान पत्रसहित नगद ५ हजार रुपैयाँ प्राप्त गरे । नागरिक दैनिकमा कार्यरत तुलाधर दुई दशकदेखि खेलपत्रकारितामा सक्रिय रहँदै आएका छन् । अंग्रेजी दैनिक द हिमालयन टाइम्सका खेलकुद प्रमुख समेत रहेका मञ्चका महासचिव आचार्यले १४ बर्षदेखि खेल पत्रकारितामा क्रियासिल छन् । गोरखापत्र दैनिकका कार्यरत शाक्य पनि एक दशकदेखि खेलकुद पत्रकारिता गरिरहेका छन् । चित्रकार लामो समयदेखि गोरखापत्र दैनिकमा फोटो पत्रकारिता गरिरहेका छन् ।

तस्बिर सौजन्य: सरिता श्रेष्ठ

Success

Thank you for your time.