4 years ago
January 26, 2022
पोखरा (हाम्रो खेलकुद) – आहा! रारा गोल्डकप फुटबल प्रतियोगिता २०७८ को २० औं संस्करण अन्तर्गत नेपाल एपिएफ फुटबल क्लब र मछिन्द्र फुटबल क्लबबीच जारी पहिलो सेमिफाइनलको पहिलो हाफ १-१ को बराबरीमा सकिएको छ ।

एपिएफले खेलमा सुरुवाती अग्रता लिएपनि मछिन्द्रले अन्तिम समयमा गोल गर्दै खेल बराबरीमा ल्याएको हो । खेलको दुवै गोल फ्रिकिकमा हेडरमार्फत सम्भव भएको हो । एपिएफका लागि सनिस श्रेष्ठले गोल गरेका थिए भने मछिन्द्रका ओमोलाजा करीमले बराबरी गोल फर्काए ।
छैटौं मिनेटमा विकी तामाङको क्रसमा अर्मान्ड विडोमले पेनाल्टी बक्समा टर्न गर्दै गरेको सशक्त प्रहार पोस्ट नजिकैबाट बाहिरिदा एपिएफ अग्रता लिनबाट चुक्यो । १४औं मिनेटमा मेसुके ओलुमोउको प्रहारलाई एपिएफका गोलरक्षक युया कुरियामाले सहजै नियन्त्रणमा लिए । १९औं मिनेटमा अर्मान्डको क्रसमा कप्तान नविन लामालाई लागेको बलमा प्रदीप लामाले गरेको प्रहारलाई गोलरक्षक सुर्य अधिकारीले मुस्किलले नियन्त्रणमा लिए । २४औं मिनेटमा अर्मान्डको प्रहारलाई गोलरक्षक सुर्यले सहजै बचाए ।
२५औं मिनेटमा सनिस श्रेष्ठले गोल गर्दै एपिएफलाई सुरुवाती अग्रता दिलाए । छिरिङ गुरुङले मणि लामालाई फउल गरेपछि मणि आफैंले झन्डै ३० यार्ड टाढाबाट गरेको फ्रिकिकलाई सनिसले उत्कृष्ट जम्प गर्दै हेडमार्फत सुन्दर गोल गर्न सफल भएका थिए । २८औं मिनेटमा ओमोलाजा नुरेन करिमको फ्रिकिकलाई युया कुरियामाले पञ्च गर्दै बचाउँदा मछिन्द्र बराबरीबाट चुक्यो । ३२औं मिनेटमा छिरिङको पासमा अभिषेक रिजालले हेडर सदुपयोग गर्न सकेनन् ।
४० औं मिनेटमा मछिन्द्रले खेल बराबरीमा ल्यायो । मछिन्द्रका लागि ओमोलाजा नुरेन करीमले गोल गरे । कप्तान रञ्जित धिमालको फ्रिकिकलाई करीमले ६ यार्ड बक्स नजिकबाट हेडरमार्फत गोल गरेका थिए । खेलको पहिलो हाफ सकिएको सिठीपछि खेलाडीबीच विवाद हुँदा रेफ्री नविन्द्र महर्जनले एपिएफका आवास लामिछाने र मछिन्द्रका बुद्ध चेम्जोङलाई पहेंलो कार्ड देखाएका थिए ।
यस खेलमा जित हासिल गर्ने टोलीले प्रतियोगिताको फाइनलमा स्थान पक्का गर्नेछ । विहीबार हुने दोस्रो सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
मछिन्द्र विरुद्ध एपिएफको खेलको प्रत्यक्ष प्रसारण हेर्न यहाँ थिच्नुहोस्
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]