default_image

1 year ago

December 1, 2022

मेक्सिको र साउदी पहिलो हाफमा बराबर

97 views

0 Bookmark

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह सी को अन्तिम खेलमा साउदी अरेबिया र मेक्सिको भिड्दैछन् । पहिलो हाफको खेल गोलरहित बराबरीमा रहेको छ ।

दुवै टोलीले पाएको अवसर सदुपयोग गर्न सकेका छैनन् । मेक्सिकोले तुलनात्मक रुपमा बल पोसेसनमा पकड जमाएपनि पोस्टमा आक्रमण बुन्न भने संघर्ष गरिरहेको छ । गोलरक्षक अलोवाइसले केहि उत्कृष्ट बचाउ गरेका छन् । साउदीले पनि काउन्टर अट्याकमा केहि अवसर सिर्जना गरेको छ ।

खेलको तेस्रो मिनेटमा नै मेक्सिकोले अग्रता लिने अवसर पाएको थियो । एलेक्सिस भेगाले अफसाइड ट्रयाप बिट गर्दै गोलरक्षकसँग वन भर्सेस वनको स्थितिमा प्रहार गर्न पाएका थिए । तर गोलरक्षक मोहमद अलोवाइसले अघि बढ्दै उत्कृष्ट बचाउ गरे । लगत्तै अर्कोतर्फ सालेह अल शेहरीको प्रहार गोलरक्षक गिलेर्मे ओचोआले सहजै बचाए ।

२३ औं मिनेटमा लुइस चाभेजको पेनाल्टी क्षेत्र बाहिरको प्रहारले गोलरक्षक अलोवाइसलाई खस समस्या दिन सकेन । इन्ज्युरी समयमा साउदीका अल शेहरीले पेनाल्टी क्षेत्रभित्र डिफेन्डर बिट गरेपनि अन्तिम प्रहार गर्न पाएनन् ।

यसै समूहको पोल्यान्ड र अर्जेन्टिनाबीच खेलको पहिलो हाफ पनि गोलरहित बराबरीमा छ । अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सीले पेनाल्टीमा गोल गर्न चुक्दा पोलिस गोलरक्षकले उच्च प्रदर्शन गरिरहेका छन् ।

यस खेलमा जित हासिल गरे साउदी अर्को चरणमा पुग्नेछ । बराबरीले भने अर्को खेलमा पोल्यान्ड जिते साउदी अघि बढ्नेछ । दुवै खेल बराबरी भए पोल्यान्ड र अर्जेन्टिना छनोट हुनेछन् । मेक्सिको छनोट हुन आफ्नो जितसँगै अर्जेन्टिनाको हार र फराकिलो गोलअन्तरको आवश्यकता हुनेछ ।

यो पनि : मेस्सी पेनाल्टीमा चुक्दा पहिलो हाफ गोलरहित

Success

Thank you for your time.