8 months ago
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीको प्रशिक्षण अर्को साता सुरु हुने भएको भएको छ।
एएफसी महिला एसियन कप अस्ट्रेलिया २०२६ छनोट चरणका लागि बैशाख २१ गते (मे ४ ) देखि बन्द प्रशिक्षण सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।
टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बन्द प्रशिक्षणका लागि प्रारम्भिक टोलीमा ४८ खेलाडीको नाम घोषणा गरेका छन्।
छनोट प्रतियोगिताको तयारीस्वरूप नेपालले थाइल्याण्डसँग दुईवटा मैत्रीपूर्ण खेल खेल्ने बताइएको छ । पहिलो खेल मे ३० मा बन्द प्रशिक्षणमैत्री खेलको रुपमा हुनेछ भने दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल जुन २ मा हुनेछ।
दुबै खेलहरू थाइल्याण्डको बैंककमा हुनेछन्।
छनोट प्रतियोगिताको समूह ‘एफ’ मा नेपाल लेओस, श्रीलङ्का र उज्बेकिस्तानसँग छन् ।
महिला राष्ट्रिय फुटबल प्रारम्भिक टोली
गोलरक्षक – अञ्जिला टर्नबापो सुब्बा, अञ्जना राना मगर, कोपिला खड्का, लिला जोशी, सबित्रा किशन, उषा नाथ।
रक्षक – अमृता जैसी, विमला बि.क., गीता राना, मनमाया दमाई, निशा ठोकर, पूजा राना, प्रतिक्षा चौधरी, सबिना चौधरी, सजनी ठोकर, समीक्षा घिमिरे, सेमी हाङमा लिम्बु पन्धक, यशोदा शाही।
मिडफिल्डर – अनिता बस्नेत, अञ्जली चन्द, विमला चौधरी, बिर्सना चौधरी, हेमा चौधरी, हेमा रावत, कुसुम खतीवडा, प्रीति राई, रेनुका नगरकोटी, सबिता राना मगर, साहरा लिम्बु, सम्झना लावती, सरस्वती हमाल, सरु लिम्बु, सेनु परियार, सुखरिया सुक्लुकु, सुक्रिया मिया, सुषमा तामाङ, तुल्सा बोहरा।
फरवार्ड – अनिता केसी, अनिता लाम्जेल, चन्द्र भण्डारी, जेनिफ़र मगर, ममता पुन, मिना देउवा, पूर्णिमा राई, रश्मी कुमारी घिसिङ, रेखा पौडेल, सवित्रा भण्डारी, समीक्षा राई।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]