1 year ago
October 6, 2024
एजेन्सी – भारतविरुद्धको पहिलो टि ट्वान्टी खेलमा बंगलादेशले फराकिलो हार बेहोरेको छ ।
भारत भ्रमणमा रहेको बंगलादेशले ३ टि ट्वान्टी सिरिज खेल्नेछ । तीन खेलको टि ट्वान्टी सिरिजमा घरेलु टोलीले १-० को अग्रता बनाएको छ ।
भारतको ग्वालियरमा आइतवार भएको खेलमा घरेलु टोली ७ विकेटले विजयी भयो । १ सय २८ रनको सामान्य लक्ष्य भारतले ११.५ ओभरमा ३ विकेट मात्र गुमाएर पूरा गर्यो ।
टोलीका हार्दिक पान्ड्याले १६ बलमा ५ चौका र २ छक्काको सहयोगमा नट आउट ३९ तथा सन्जु स्यामसन र कप्तान सुर्यकुमार यादवले समान २९ तथा अभिषेक शर्मा र नितिश कुमार रेड्डीले समान १६ रन जोडे ।
बंगालादेशका मेहिदी हसन मिराज र मुस्ताफिजुर रहमानले समान १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोलीले १९.५ ओभरमा अल आउट हुँदै १ सय २७ रन बनायो ।
टोलीका मेहिदी हसन मिराजले ३२ बलमा सर्वाधिक ३५, कप्तान नजमुल हुसैन शान्टोले २५ बलमा २७ तथा तस्किन अहमदले १२ रन बनाए ।
भारतका लागि अर्शदिप सिंह र बरुण चक्रवर्तीले समान ३ तथा हार्दिक पान्ड्या, मंयक यादव र वासिटंन सुन्दरले समान १ विकेट लिए । भारत र बंगलादेशको दोस्रो टि ट्वान्टी खेल बुधवार हुनेछ ।
December 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रिभेरा इन्टरनेसनल एकेडेमीले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई बिहीवार १० हजार रुपैयाँ सहित सम्मान गरेको छ । सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि सम्मानित भए । उनीहरुलाई रिभेराको स्पोर्टस् मिटका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट, […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]