default_image

1 year ago

October 6, 2024

बंगलादेशमाथि भारतको सहज जित 

486 views

0 Bookmark

एजेन्सी – भारतविरुद्धको पहिलो टि ट्वान्टी खेलमा बंगलादेशले फराकिलो हार बेहोरेको छ ।

भारत भ्रमणमा रहेको बंगलादेशले ३ टि ट्वान्टी सिरिज खेल्नेछ । तीन खेलको टि ट्वान्टी सिरिजमा घरेलु टोलीले १-० को अग्रता बनाएको छ ।

भारतको ग्वालियरमा आइतवार भएको खेलमा घरेलु टोली ७ विकेटले विजयी भयो । १ सय २८ रनको सामान्य लक्ष्य भारतले ११.५ ओभरमा ३ विकेट मात्र गुमाएर पूरा गर्यो ।

टोलीका हार्दिक पान्ड्याले १६ बलमा ५ चौका र २ छक्काको सहयोगमा नट आउट ३९ तथा सन्जु स्यामसन र कप्तान सुर्यकुमार यादवले समान २९ तथा अभिषेक शर्मा र नितिश कुमार रेड्डीले समान १६ रन जोडे ।

बंगालादेशका मेहिदी हसन मिराज र मुस्ताफिजुर रहमानले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोलीले १९.५ ओभरमा अल आउट हुँदै १ सय २७ रन बनायो ।

टोलीका मेहिदी हसन मिराजले ३२ बलमा सर्वाधिक ३५, कप्तान नजमुल हुसैन शान्टोले २५ बलमा २७ तथा तस्किन अहमदले १२ रन बनाए ।

भारतका लागि अर्शदिप सिंह र बरुण चक्रवर्तीले समान ३ तथा हार्दिक पान्ड्या, मंयक यादव र वासिटंन सुन्दरले समान १ विकेट लिए । भारत र बंगलादेशको दोस्रो टि ट्वान्टी खेल बुधवार हुनेछ ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

December 4, 2025

रियलको जितमा एम्बाप्पेको २ गोल

एजेन्सी – रियल माड्रिडले एथ्लेटिक बिल्बाओलाई ३- ० ले हराउँदै ला लिगामा शीर्षस्थान टोली बार्सिलोनासँगको अंक दूरीलाई कम गरेको छ। सन मामेसमा बुधवार भएको खेलमा रियललाई‌ जित दिलाउन किलियन एम्बाप्पेको भूमिका महत्वपूर्ण रह्यो ।‌ उनले २ गोल र एक असिस्ट गरे। खेल सुरु भएको सात मिनेटमा ट्रेन्ट एलेक्जान्डर आर्नोल्डको पासबाट एम्बाप्पेले पहिलो गोल गरे। यो […]

Success

Thank you for your time.