default_image

8 years ago

October 12, 2015

करातेको चााडपर्वको शुभकामना

काठमाडौं, असोज २५ गते । नेपाल कराते महासंघ र नेपाल सितोरियो कराते डो संघले विजयादशमी, दिपावली, छठलगायत विभिन्न चााडपर्वको उपलक्ष्यमा सोमबार शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना गर्‍यो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को हातामा रहेको महासंघकै कार्यालयमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष दावा गुरुङले आसन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा कराते समावेश […]

42 views

0 Bookmark

काठमाडौं, असोज २५ गते ।

नेपाल कराते महासंघ र नेपाल सितोरियो कराते डो संघले विजयादशमी, दिपावली, छठलगायत विभिन्न चााडपर्वको उपलक्ष्यमा सोमबार शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना गर्‍यो ।

4

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को हातामा रहेको महासंघकै कार्यालयमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष दावा गुरुङले आसन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा कराते समावेश नहुनु दुखद पक्ष भएको बताउदै खेलाडीलाई यसबाट विचलित नभइ विश्व च्याम्पियनसिप, एसियाली खेलकुदलगायतका प्रतियोगिताको तयारीमा ध्यान दिन सुझाए ।

सो अवसरमा राखेपका कोषाध्यक्ष सुरेन्द्रबहादुर हमाल, सदस्यद्वय शान्ति सिंह र उपेन्द्र यादवलाई पनि स्वागत गरिएको थियो ।

हमालले नेपाललाई अन्तर्राष्ट्रिय पदक दिलाइ रहेको महत्वपूर्ण खेल मध्येको एक कराते सागमा समावेश नहुनु खेलाडी मात्र नभइ सारा नेपालीका लागि दु:खको खबर भएको धारणा व्यक्त गरे ।

कार्यक्रममा नेपाल कराते महासंघका महासचिव एवं वादोरियोका प्रमुख प्रशिक्षक हरिशरण केसी, राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापालगायलते नजिकिदो विभिन्न चााडपर्वको अवसरमा खेलाडीलाई शुभकामना दिएका थिए ।

Success

Thank you for your time.