default_image

8 months ago

September 10, 2023

कोरियन एम्बेसडर तेक्वान्दो भदौ अन्तिम सातामा हुने

काठमाडौं (हाम्रो खेलकुद) – कोरियन एम्बेसडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको ११ औं संस्करण भदौ अन्तिम साता काठमाडौंमा हुने भएको छ । नेपाल तेक्वान्दो संघ र नेपाल स्थित दक्षिण कोरियाली दुतावासको संयुक्त आयोजनामा हुने प्रतियोगिता भदौ २७ गते देखि ३१ गतेसम्म हुनेछ । प्रतियोगितामा पहिलो पटक भारत र बंगलादेशबाट पनि खेलाडी सहभागी हुँदैछन् । प्रतियोगितामा भारतबाट […]

96 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कोरियन एम्बेसडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको ११ औं संस्करण भदौ अन्तिम साता काठमाडौंमा हुने भएको छ ।

नेपाल तेक्वान्दो संघ र नेपाल स्थित दक्षिण कोरियाली दुतावासको संयुक्त आयोजनामा हुने प्रतियोगिता भदौ २७ गते देखि ३१ गतेसम्म हुनेछ । प्रतियोगितामा पहिलो पटक भारत र बंगलादेशबाट पनि खेलाडी सहभागी हुँदैछन् । प्रतियोगितामा भारतबाट ३५ र बंगलादेशबाट ३३ खेलाडी सहभागी हुने जानकारी संघले दिएको छ ।

प्रतियोगितामा ७ सय ११ महिला र १ हजार ६७ पुरुष गरी १ हजार ७ सय ७८ जना सिनियर तथा जुनियर खेलाडीहरुको सहभागिता रहनेछ । पुम्सेतर्फ २५ र ग्यरोगीतर्फ ३२ गरी जम्मा ५७ स्वर्ण पदकका लागि स्पर्धा हुनेछ।

प्रतियोगितालाई सम्पन्न गर्न उपाध्यक्ष भान बहादुर चन्दको संयोजकत्वमा ३५ सदस्यीय आयोजक समिति गठन गरिएको छ । प्रतियोगिता सञ्चालन गर्न ६० जना निर्णायक, १५ जना प्राविधिक र ३५ जना स्वयम्सेवकहरु परिचालन गरिनेछ ।

प्रतियोगिता सम्पन्न गर्न ३५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ । प्रतियोगिता आयोजनका लागि कोरियाली दुतावासबाट करिब ५ हजार अमेरीकी डलर, खेलाडी दर्ताबाट करिव १७ लाख र बाँकी रकम नेपाल तेक्वान्दो संघले व्यवस्थापन गर्नेछ ।

Success

Thank you for your time.