default_image

7 years ago

July 12, 2017

बागलुङका आईटीएफ खेलाडीमाझ अन्तराष्ट्रिय प्रशिक्षक

अर्जुन कार्की बागलुङ– बागलुङमा आईटीएफ तेक्वान्दोका खेलाडीहरुलाई मंगलबार अन्तराष्ट्रिय प्रशिक्षकहरुले प्रशिक्षण दिएका छन् । आईटीएफ तेक्वान्दोका अन्तराष्ट्रिय ए क्लास ब्याक बेल्ड आठौं डान माष्टर जोन चोल हो र पाक चोल मिनले बागलुङका ३५ जना खेलाडीहरुलाई विशेष प्रशिक्षण दिएका हुन् । बागलुङ आईटिएफ तेक्वान्दो संघको आयोजना र नेपाल आईटिएफको सहयोगमा प्रशिक्षण सम्पन्न भएपछि पत्रकार सम्मेलनमा बोल्दै […]

38 views

0 Bookmark

अर्जुन कार्की
बागलुङ– बागलुङमा आईटीएफ तेक्वान्दोका खेलाडीहरुलाई मंगलबार अन्तराष्ट्रिय प्रशिक्षकहरुले प्रशिक्षण दिएका छन् । आईटीएफ तेक्वान्दोका अन्तराष्ट्रिय ए क्लास ब्याक बेल्ड आठौं डान माष्टर जोन चोल हो र पाक चोल मिनले बागलुङका ३५ जना खेलाडीहरुलाई विशेष प्रशिक्षण दिएका हुन् ।


बागलुङ आईटिएफ तेक्वान्दो संघको आयोजना र नेपाल आईटिएफको सहयोगमा प्रशिक्षण सम्पन्न भएपछि पत्रकार सम्मेलनमा बोल्दै औठौं डान ब्ल्याक बेल्ड माष्टर पाक चोल मिनले नेपाली खेलाडीहरुमा केही टेक्निकल समस्या रहेको बताए । उनले सुधारका लागि नियमित अभ्यास गर्नुपर्ने सुझाए ।

चोल मिनले नेपालले आईटिएफ खेलमा प्राप्त गरेको अन्तराष्ट्रिय उपलब्धिको प्रशंसा गर्दै नेपाली समुदायले देखाएको रुचीलाई सरकार तथा स्थानिय निकायले सहयोग गर्नुपर्नेमा जोड दिए । आईटिएफ आत्मरक्षा तथा स्वास्थ्यको लागि धेरै फाइदा जनक रहेको बताउँदै आईटिएफ व्यवसायिक खेल मात्र नभएर स्वास्थ्यको लागि फाइदाजनक रहेकोले सवैले सिक्नुपर्ने उनको भनाई थियो ।
आइटिएफ र डब्लूटिएफ तेक्वान्दोको सन्दर्भमा बोल्दै मिनले १९६६ मा आएर ८ देशका प्रतिनिधीहरु मिलेर डब्लुटिएफ तेक्वान्दो स्थापना गरेको र हाल दुवै तेक्वान्दोको अबस्था मजबुद रहेकोले एकताका लागी धेरै चरणमा छलफल भएको पनि बताए ।
यस्तै पत्रकार सम्मेलनमा बोल्दै नेपाल आइटिएफका केन्द्रिय अध्यक्ष अन्जन धमलाले राखेपमा आबद्ध संघहरु मध्ये नेपाल आइटिएफ सिर्जनशिल र सक्रिय संघ रहे पनि सरकारी नीतिका कारण आइटिएफका प्रशिक्षकहरुले सरकारी नियुक्ति पाउन नसकेको बताउदै आगामी दिनहरुमा सरकारले संघहरुको सही मुल्याङ्कन गरी आवश्यक सहयोग गर्ने विश्वास लिएको बताए ।
जिल्ला अध्यक्ष सस बहादुर पुनले सभापतित्व गरेको कार्यक्रमलाई सहसचिव ताराप्रसाद शर्माले सञ्चालन गरे भने पूर्व अध्यक्ष राजु खड्का र दोभारे केवि शाहीले स्वागत मन्तव्य राखे ।

Success

Thank you for your time.