2 years ago
April 13, 2024
ललितपुर (हाम्रो खेलकुद)- हेराकाजी महर्जन नेपाल बुद्धिचाल महासंघको अध्यक्ष निर्वाचित भएको छ।
बुद्धिचाल महासंघको नवौं तथा विशेष साधारणसभा ललितपुरको च्यासल स्थित तुल्सिलाल स्मृति प्रतिष्ठानमा भएको थियो ।
अध्यक्ष पदको लागि भएको निर्वाचनमा महर्जनले ४९ मत प्राप्त गर्दै विजयी भए । अर्का उम्मेदवार प्रविण भँडेलले ३१ मत प्राप्त गरेका थिए। वरिष्ठ उपाध्यक्ष इलामका दिपेन राई निर्विरोध निर्वाचित भएका छन्।
उपाध्यक्ष पदमा बुटवलका माधव प्रसाद प्रधान विजयी भएका छन्। प्रधानले ४२ मत र बारा जिल्लाका राजाबाबु रौनियारले ३६ प्राप्त गरेका थिए।
महासंघका उपाध्यक्ष धन बहादुर वोगटीको सभापतित्वमा सुरु भएको साधारणसभामा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ्गले उदघाटन गरेका थिए।
नेपाल बुद्धिचाल महासंघ साधारणसभा बन्द सत्रमा महासचिव धरम बहादुर लामाले वार्षिक प्रतिवेदन पेश गरेका थिए। उनले विधानमा उल्लेख हुन अत्यावश्यक बुदाँहरुलाई थप गरेर संशोधन प्रस्ताव पेश गरेका थिए।
यस्तै कोषाध्यक्ष तारा बहादुर रानाभाटले आर्थिक प्रतिवेदन पेश गरेका थिए। साधारणसभामा उठेका विभिन्न सुझावहरुलाई संकलन गरेर प्रस्तावहरु सर्वसम्मत पारित गरेका छन्।
विशेष साधारणसभाको बन्दसत्रमा खालि रहेको अध्यक्ष , वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष पदको लागि निर्वाचन भएको थियो।
बुद्धिचाल महासंघको निर्वाचनमा सात प्रदेशका ३५, हरेक जिल्लाका समान १ गरि ५५ , कार्यसमितिका २१ पदाधिकारी, टेक्निकल २, राष्ट्रिय च्याम्पियन २ र राखेप मनोनित २ गरि १ सय १८ जनाको सभा मध्ये जम्मा ८४ जना प्रतिनिधिको उपस्थिति थियो।
अध्यक्ष महर्जन पूर्व अध्यक्ष हेरा बहादुर स्थापित महासंघको अध्यक्ष रहँदा कार्य समितिमा प्रवेश गरेका थिए । त्यसअघि उनी बुद्धिचालका राष्ट्रिय खेलाडी थिए । २०५५ सालबाट खेलाडी जीवन सुरु गरेका उनले भारतमा २९ राष्ट्रले प्रतिस्पर्धा गरेको पाश्र्वनाथ अन्तर्राष्ट्रिय चेस प्रतियोगितामा अनरेटेडतर्फ उपाधि जितेका थिए । त्यसै सोहि वर्ष आसाममा सम्पन्न भएको जुगल किशोर अन्तर्राष्ट्रिय चेस प्रतियोगितामा पनि उपविजेता बनेका थिए ।

बुद्धिचालको अन्तर्राष्ट्रिय निर्णायक समेत रहेका महर्जनले तुर्किमिनिस्तानमा भएको एशियन इण्डोर चेस च्याम्पियनसिप, ४३ औं चेस ओलम्पियाड र न्युजिल्याण्डमा एशियन भेट्रान चेस च्याम्पियनसिपमा डेपुटी चिफ निर्णायकको भूमिका निर्वाह गरेका थिए। त्यस्तै उनी सन् २०११ मा फिडे आर्विटर हुनुका साथै २०१८ मा इन्टरनेशनल आर्विटर बनेका थिए
महासंघको सचिव, महासचिव, उपाध्यक्ष हुँदै २०८० सालको वैशाखमा सम्पन्न साधारण सभामार्फत वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए । त्यसै महर्जनले २०७२ देखि २०७६ सम्म ललितपुर जिल्ला खेलकुद विकास समितिको अध्यक्षको जिम्मेवारीमा समेत सम्हालेका थिए ।
महासंघको अध्यक्षबाट विदुर गौतम राजीनामा दिएपछि महर्जन कार्यवाहक अध्यक्ष बनेका थिए।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]