default_image

1 year ago

November 9, 2024

वल्ड बडी बिल्डिङमा सनमलाई रजत पदक

3362 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- माल्दिभ्समा जारी १५औं वल्ड बडी बिल्डिङ एण्ड फिजिक्स स्पोर्ट्स च्याम्पियनसिपमा नेपालकी सनम मुलगुठीले रजत पदक जितेकी छिन्।

च्याम्पियनसिपमा सनमले शनिवार स्विम सुट इभेन्टमा रजत पदक आफ्नो नाममा लेखाएकी हुन् । यो स्पर्धामा १९ जनाले दाबेदारी प्रस्तुत गरेका थिए।

सनमले नेपालमा सम्पन्न ५६औं एसियन बडी बिल्डिङ च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन्। सनमले आजै मोडल फिजिक्समा पनि प्रतिस्पर्धा गर्नेछिन्।

रुजेश शाही र रजनी श्रेष्ठले मिक्स पियरमा सहभागिता जनाउनेछन। आज ललित धिमाल र रजिन आचार्यले आ-आफ्नो विधामा प्रतिस्पर्धा गरेपनि पहिलो चरणबाट बाहिरिए।

नेपालका लागि शुक्रवार रुजेश शाही, प्रज्वलमान शाक्य र रजनी श्रेष्ठले रजत पदक जितेका थिए।‌ जारी च्याम्पियनसिपमा ४१ राष्ट्रका ३ सय खेलाडीको सहभागिता रहेको छ। नेपालको तर्फबाट ६ खेलाडीले भाग लिएका छन्।

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

Success

Thank you for your time.