4 months ago
August 1, 2025
काठमाडौं (हाम्रो खेलकुद) – फिजियोथेरापी रिह्याबिलिटेसन सेन्टर संघ नेपालको आयोजनामा खेलकुदमा लाग्ने चोटपटकबारे डाक्टर र फिजियोथेरापिस्टहरुको सहभागितामा एक दिने कार्यशाला सम्पन्न भएको छ ।
देशभरका ३ दर्जन फिजियो र डाक्टर सहभागी कार्यशाला नेपालमै पहिलो पटक आयोजना भएको हो । ‘एसिएल पछिका खेलकुद चोटपटक : जुन दिमागलाई थाहा छैन र आँखाले देखिदैन’ भन्ने नाराका साथ आयोजित कार्यशालामा ६ प्रस्तुति दिइएको थियो ।
डाक्टर नागमणि सिंहले काँधको समस्याका बारेमा उपस्थित ३ दर्जन फिजियोसँग अनुभव साटेका थिए । उनले नेपालमा काँधको समस्या लिएर आउने विरामीलाई गरिने उपचार र त्यसपछि फिजियोथेरापीको पद्दतिबारे विस्तृतमा प्रकाश पारेका थिए । अमेरिका र अष्ट्रेलियामा लामो समय अनुभव बोकेका सिंह पछिल्लो समय बिएण्डबि अस्पतालको एकेबी सेन्टरमा कार्यरत छन् । उनले नेपालबाहिर पर्याप्त अवसर रहेपनि नेपालमा केही गर्ने लक्ष्यसहित स्वदेशमै सेवा गर्न लागिपरेको बताएका थिए ।
डाक्टर सिंहले बिरामीको उपचार गर्न डाक्टर र फिजियोले एक अर्कासंग समन्वय गरेर अघि बढ्नुपर्नेमा पनि जोड दिए । उनले शल्यक्रियापछि फिजियोले कुनै समस्या आए डाक्टरसँग सल्लाह गर्दा समस्या बल्झने सम्भावना कम हुनेमा पनि जोड दिए ।

फिजियोथेरापिस्ट राजेश सिंहले एन्टेरियर क्रुसीएट लिगामेन्ट (एसीएल) चोटको विभिन्न अवस्थामा कसरी रिह्याब अघि बढाउने चर्चा गरे । फिजियो क्षेत्रमा २ दशक लामो अनुभव बोकेका सिंहले ग्राण्डी अस्पतालमा सेवा दिँदै आएका छन् । उनले उदाहरणको रुपमा क्रिकेटर खुसी डंगोलको चोटको अवस्था र उनको रिह्याबको क्रममा आएको समस्याबारे पनि छलफल गरेका थिए । अन्य उदाहरणमा डाक्टर सिंहले पनि विशेष समस्या आएको अवस्थामा त्यसलाई हल गर्ने विधिबारे प्रकाश पारे ।
तेस्रो सत्रमा फिजियो निजन बज्राचार्यले स्कापुलर डाइस्किनेसिसको बारेमा चर्चा गरेका थिए । बि एण्ड बि अस्पतालको एकेबी सेन्टरमै कार्यरत उनले काँधको स्कापुला क्षेत्रमा हुने ६ मांशपेशीले चोटमा हुने असरबारे सहभागीसँग छलफल गरे । उनले काँधमा हुने समस्यालाई कसरी रिह्याब गर्ने भन्नेमा विस्तृत विश्लेषण गरेका थिए ।
फिजियोथेरापिस्ट उज्ज्वल डोटेलले उच्च स्तरका खेलाडीको रिह्याब व्यवस्थापनबारे आफ्नो अनुभव साटेका थिए । नेपालको राष्ट्रिय भलिबल टोलीको फिजियो समेत रहेका उनले अन्य विभिन्न खेलको राष्ट्रिय खेलाडीको पनि रिह्याब गरेका छन् । अर्थोप्लास्ट रिह्याब सेन्टर र प्यासिफिक मल्टीस्पेसीएलिटि सेन्टरमा फिजियो इन्चार्ज रहेका उनले खेलको क्रममा र चोटपछि रिह्याबमा खेलाडीको रिह्याब गर्ने पद्दति सामान्य बिमारीभन्दा फरक हुने पक्षमा चर्चा गरे ।

डोटेलले यसक्रममा हरेक समय खेलाडीको करिअरलाई ध्यानमा राखेर रिह्याब गर्नुपर्नेमा जोड दिए । उनले खेलाडीको मानसिक स्थितिलाई ध्यानमा राख्ने तर शारीरिक रुपमा कति तयार छ भन्नेमा पनि उत्तिकै जोड दिनुपर्ने बताए । खेलाडीलाई रिह्याबपछि मैदानमा प्रवेश गराउँदा टिमको प्रशिक्षण टोलीसँग नजिकबाट समन्वय गर्न अत्यावश्यक हुने पनि उनले बताए ।
भारतबाट आएका बायोमेकानिस्ट सिद्धार्थ हांसले पनि फिजियोले खेलकुदको चोटबाट रिह्याब गर्न बायोमेकानिक्सले खेल्ने भूमिकाबारे प्रष्ट पारे ।
एथ्लेटिक थेरापिस्ट विवेक विक्रान्त अधिकारीले घुँडाको चोटलाई कसरि रोकथाम गर्ने भन्ने विषयमा प्रस्तुति दिए । नाडाका सिइओ तथा संस्थापक अधिकारीसँग यसअघि राष्ट्रिय फुटबल टोलीमा पनि काम गरेको अनुभव छ । उनले आफूले खेलाडी र अन्य विमारीसँग काम गर्दाको अनुभव साट्दै फिजियोहरुसँग छलफल गरेका थिए ।
नेपाल फिजियोथेरापी संघ (नेप्टा) का अध्यक्ष समिद कातिला श्रेष्ठले पछिल्लो दशकमा फिजियोथेरापीको भूमिका निकै बढेको बताए । उनले यस कार्यक्रमले सम्पूर्ण फिजियोथेरापी समाजलाई नै टेवा पुग्ने विश्वास व्यक्त गरे ।

फिजियोथेरापी रिह्याबिलिटेसन सेन्टर संघ नेपाल (प्रान) का अध्यक्ष सुरज भुषालले नेपालमा पछिल्लो समय फिजियोथेरापी सेन्टर र फिजियोथेरापिस्टको विकास उत्साहजनक रहेको र अब खेलकुदमा काम गर्न जनशक्तिको अभाव नहुने औंल्याए ।
कार्यक्रममा राखेप उपाध्यक्ष ध्रुव आचार्य, बोर्ड सदस्य सुवर्ण श्रेष्ठ, बास्केटबल संघका अध्यक्ष भिमसिंह गुरूङलगायत उपस्थित थिए । उपाध्यक्ष आचार्यले राखेप खेलाडीको प्रदर्शनसँगै स्वास्थ्यप्रति पनि गम्भीर रहेको जनाउँदै नेपाली खेलकुदमा फिजियोको भूमिका आउने दिनमा अझ बढ्ने विश्वास दिलाए ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]