default_image

7 years ago

April 10, 2019

कुस्ती : सरोज यादवको विजयी सुरुवात

330 views

0 Bookmark

कपिलवस्तु (हाम्रो खेलकुद) – प्रदेश नं. २ का सरोज यादवले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरग भएको १४ औं राष्ट्रिय कुस्ती प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।

१२ औं सागका कास्य पदकधारी सरोजले ६५ केजी तौलमा प्रदेश नं ७ का कैलास ठगौनालाई पराजित गरे । यस्तै नेपाल प्रहरीका रितेश प्रसाद यादवले सेनाका अदीप खड्कालाई र प्रदेश ३ का शैलेन्द्र कुमार यादवले प्रदेश १ का कुमार आचार्यलाई पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरेको नेपाल कुस्ती संघका महासचिव बिद्यासागर पोखरेलले जानकारी गराए ।

यस्तै अर्को चरण प्रवेश गर्ने क्रममा पुरुष ५७ केजी तौलमा सेनाका तीलक बहादुर देउजाले प्रदेश ५ का शिब कुमार यादवलाई पराजित गरे । प्रदेश २ का नरेश यादवले नेपाल प्रहरीका धर्मेन्द्र यादवलाई तथा प्रदेश ७ का पारश चन्दले प्रदेश १ का कमल देव यादवलाइ पराजित गरे ।

६१ केजी तौलमा प्रदेश ७ का अर्जून गुरुङ्ग, प्रदेश ३ का जादुलाल यादव, पुलिसका भागवत शाह र प्रदेश ५ का भुनेश्वर यादवले पनि जित निकाले । अर्जूनले प्रदेश १ का आनन्द राजबंशी, जादुले सेनाका अर्जून बोहरा, भागवतले प्रदेश ७ का सुरज थापा मगर र भुनेश्वरले प्रदेश २ का जय मंगल यालवलाई हार चखाए ।

कपिलवस्तु जितपुरस्थित सिद्धार्थ कलेको कभर्डहलमा भएको प्रतियोगिताको महिला तर्फ ५० केजीमा सेनाकी लक्ष्मी तामाङ्ग र प्रदेश ७ की मनिषा सिंहले जितको सुरुवात गरे । यस्तै ५३ केजीमा सेनाकी कोपिला थाम, ५५ केजीमा प्रदेश ५ की सपना श्रेष्ठले जित निकाले । ५७ केजीमा सेनाकी कल्पना बि.क. र प्रदेश ७ की अम्बिका भण्डारीले जित निकाल्दै अर्को चरण प्रवेश गरे ।

५९ केजी तौलमा सेनाकी कविता पुन, ६२ केजीमा सेनाकै सुशिला चन्द, ६५ केजीमा प्रदेश ७ की निरा आउजी, ६८ केजीमा पुलिसकी निर्मला जागरी र प्रदेश ५ की शान्ति चौधरीले जित निकाले । शान्ति भारोत्तोलन खेलकी खेलाडी समेत हुन् ।

प्रतियोगिताको नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयका सविच कृष्ण प्रसाद देवकोटाले पनसमा द्विप प्रज्वलन गरेर उद्घाटन गरेका थिए ।

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

Success

Thank you for your time.