5 years ago
November 1, 2020
काठमाडौं (हाम्रो खेलकुद)– नयाँ आर्थिक वर्ष सुरु भएको साढे तीन महिना बितिसक्दा पनि दक्षिण एसियाली खेलकुद (साग) स्वर्ण पदक विजेता , एसियाली खेलकुदका पदक विजेता र ओलम्पियनले प्रोत्साहन भत्ता पाएका छैनन् । पछिल्लो वर्ष सम्म राष्ट्रिय खेलकुद परिषद् (राखेप) मार्फत बैंक खाता मार्फत भुक्तानी गरिन्थ्यो ।

भत्ता रोकिएको विषयमा जानकारी गराउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) का अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा एक टोलीले आइतबार युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियालगायतसँग भेट गरेको छ ।
भेटका क्रममा नियमित प्राप्त गर्दै आएको भत्ता रोकिनु कारण बारे जिज्ञासा राखिएको अध्यक्ष श्रेष्ठले बताए । मन्त्रालयकै पत्रका आधारमा राखेपले भत्ता रोकेको भन्ने जानकारी पाएपछि एनएनआइपिएको टोली मन्त्रालय पुगेको थियो ।
भत्ता वितरणको कुनै कार्यविधि नभएकै कारण पत्र पठाइएको जानकारी सचिव थपलियाबाट प्राप्त भएको श्रेष्ठले बताए । ‘भत्तामा ठूलो रकम खर्च हुने गर्छ । तर विना कुनै कार्यविधि वितरण भइराखेकोले हरेक वर्ष बजेट माग गर्दा समस्या हुने गरेको छ, ‘ मन्त्रालयका सचिव थपलियालाई उदृत गर्दै एनएनआइपिएका अध्यक्ष श्रेष्ठले भने, ‘त्यसले अर्थमा पनि एक पटक यो विषयमा जानकारी गराउन सुझाव दिनुभएको छ ।’

पहिलो देखि १२ औं सागका स्वर्ण पदक विजेता, एसियाडका पदक विजेताले मासिक ६ हजार र ओलम्पियनले ४ हजार रुपैयाँ प्रोत्साहन भत्ता पाउँदै आएका थिए । राखेपका तत्कालिन सदस्य सचिव केशवकुमार विष्टले भत्ताको सुरुवात गरेका थिए ।
सुरुमा २ हजार ५ सयबाट सुरु भएको भत्ता दोस्रो पटक ५ हजार र तेस्रो पटक ६ हजार रुपैयाँ पुर्याइएको आठौं र नवौं सागका स्वर्ण पदक विजेता समेत रहेका एनएनआइपिएका अध्यक्ष श्रेष्ठले बताए । श्रेष्ठसँगै मन्त्रालय पुग्नेमा राखेपका सदस्य समेत रहेका एनएनआइपिएका हरि खड्का, ओलम्पियन दीपक विष्ट र १३ औं सागका दोहोरो स्वर्ण पदक विजेता मण्डेकाजी श्रेष्ठ थिए ।
युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले १३ औं सागका स्वर्ण पदक विजेताले पनि चालु आर्थिक वर्षबाट मासिक ६ हजार रुपैयाँ मासिक भत्ता पाउने बताएका थिए । १३ औं सागमा ७८ खेलाडीले देशका लागि ५१ स्वर्ण पदक जितेका थिए ।

जसमा पौडीकी गौरिका सिंहले ४, करोतका मण्डे, तेक्वान्दोकी आयशा शाक्य र गल्फका सुवास तामाङले समान २ स्वर्ण पदक जितेका थिए । त्यस्तै अन्य खेलाडी र यू २३ फुटबल टोलीले पनि स्वर्ण पदक जितेको थियो । तर, १३ औं सागका स्वर्ण पदक विजेतालाई अहिले सम्म भत्ता दिन सुरु गरिएको छैन ।
विना कार्यविधि पनि राखेपले सागका स्वर्ण पदक विजेता, एसियाडका पदक विजेता र ओलम्पियनलाई भत्ता दिँदै आएको थियो । हरेक स्वर्ण, हरेक एसियाडको पदक र ओलम्पिकको अलग अलग भत्ता दिदै आएको थियो । सागका ४ स्वर्ण, एसियाडमा २ कास्य र ओलम्पिक खेलेका दीपक विष्टले मासिक ४० हजार रुपैयाँ प्रोत्साहन भत्ता बुझ्थे ।
यसैबीच, सागका स्वर्ण पदक विजेता मण्डेले आफुहरुलाई मन्त्रालयले वितरण गर्दै आएको राष्ट्रिय युवा प्रतिभा पुरस्कारको लागि फारम नभर्न मन्त्रालयका कर्मचारीबाट सुझाव आएको सचिव थपलियालाई गुनासो गरेका छन् । माथिल्लो स्तरको पदक जितेर सरकारबाट सम्मानित भइसकेकोले युवा प्रतिभामा नदिँदा उपयुक्त हुने सुझाव मन्त्रालयबाट आएको मण्डेले सोही भेटघाटमा बताएका थिए । मन्त्रालयले हरेक वर्ष एक महिला र एक पुरुष खेलाडीलाई राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएको छ ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]