default_image

7 years ago

December 30, 2016

बुद्धिचालमा मदनकृष्ण र मोनालिसालाई स्वर्ण

सातौं राष्ट्रिय खेलकुद इलाम (हाम्रो खेलकुद)– मध्यमाञ्चलका मदनकृष्ण कायस्थ र नेपाल आर्मी क्लबकी क्यान्डिडेट मास्टर मोनालिसा खम्बु सातौं राष्ट्रिय खेलकुद अन्र्तगत बुद्धिचाल खेलमा स्वर्ण पदक जितेका छन् । सातौं राष्ट्रिय खेलकुदको अन्तिम दिन शुक्रबार नवौं चरणको खेलमा एपिएफ क्लबका सुमितसँग बराबरी खेल्दै मदनकृष्णले सफलता हात पारेका हुन् । मध्यमाञ्चलका रिजेन्द्र राजभण्डारीलाई हेड टु हेडका आधारमा […]

42 views

0 Bookmark

सातौं राष्ट्रिय खेलकुद
इलाम (हाम्रो खेलकुद)– मध्यमाञ्चलका मदनकृष्ण कायस्थ र नेपाल आर्मी क्लबकी क्यान्डिडेट मास्टर मोनालिसा खम्बु सातौं राष्ट्रिय खेलकुद अन्र्तगत बुद्धिचाल खेलमा स्वर्ण पदक जितेका छन् ।

chess
सातौं राष्ट्रिय खेलकुदको अन्तिम दिन शुक्रबार नवौं चरणको खेलमा एपिएफ क्लबका सुमितसँग बराबरी खेल्दै मदनकृष्णले सफलता हात पारेका हुन् । मध्यमाञ्चलका रिजेन्द्र राजभण्डारीलाई हेड टु हेडका आधारमा पछि पार्दै मदनकृष्णले २० औं राष्ट्रिय बुद्धिचाल च्याम्पियन समेत रहेको प्रतियोगिता जितेका हुन् ।

९ खेलमा ६ जित र ३ बराबरी खेल्दै अपराजित रहेका मदनकृष्णले ७.५ अंक जोडे । समान ७.५ अंक जाडेका रिजेन्द्र रजत पदक जिते । आर्मी क्लबका हिमाल लामा मध्यमाञ्चलका क्षितीज भण्डारीलाई हराउँदै ६.५ अंकका कांस्य पदक जित्न सफल भए ।
महिला मोनालीसाले उपाधि रक्षा गरिन् । पाँचौं महिला राष्ट्रिय च्याम्पियन समेत बनेकी मोनालिसाले नवौं चरणमा आफ्नै क्लबकी सुरुची थिङसँग बराबरी खेलिन् । अपराजित रहेकी उनले ९ खेलमा ७ जित र २ बराबरीका साथ ८ अंक जोडिन् ।

अन्तिम खेलमा मध्यमाञ्चलकी सविना श्रेष्ठलाई हराउन सफल आर्मीकी फिडेमास्टर सुजना लोहनीले ७ अंकका साथ रतत पदक प्राप्त गरिन् । पूर्वाञ्चलकी कृपा अधिकारीसँग बराबरीको नतिजा निकालेकी आर्मीकी सिन्दिरा जोशी ६.५ अंकका साथ कांस्य पदक जितिन् ।

Success

Thank you for your time.