default_image

9 years ago

September 1, 2015

निजामति सेवा दिवस बुद्धिचाल प्रतियोगिता: टीका र सुरेश क्वाटरफाइनलमा

काठमाडौं, भदौ १५ गते । टीका पराजुली र सुरेश श्रेष्ठ निजामति सेवा दिवसको उपलक्ष्यमा आयोजित बुद्धिचाल प्रतियोगितामा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको प्रतिस्पर्धामा टीकाले भुवनेश्वर चौधरी तथा सुरेशले नारायण झालाई पराजित गरे । युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित प्रतियोगिताको अन्य खेलमा राजकिशोर महतोले सरोजकुमार चौधरी, योगेन्द्रप्रसाद पोखरेलले रामबहादुर हमाल, सुरेन्द्र […]

59 views

0 Bookmark

काठमाडौं, भदौ १५ गते । टीका पराजुली र सुरेश श्रेष्ठ निजामति सेवा दिवसको उपलक्ष्यमा आयोजित बुद्धिचाल प्रतियोगितामा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

5 (1)
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको प्रतिस्पर्धामा टीकाले भुवनेश्वर चौधरी तथा सुरेशले नारायण झालाई पराजित गरे ।
युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित प्रतियोगिताको अन्य खेलमा राजकिशोर महतोले सरोजकुमार चौधरी, योगेन्द्रप्रसाद पोखरेलले रामबहादुर हमाल, सुरेन्द्र योञ्जनले बुद्धकुमार राई तथा उदयनाथ बगालले लोकबहादुर लामालाई हराउदै क्वाटरफाइनलमा स्थान बनाए ।
तीनदिने प्रतियोगितामा २० प्रतिस्पर्धी सहभागी रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रशासकीय अधिकृत मीनकुमार शर्माले जनाएका छन् । शीर्ष तीन स्थान हात पार्ने क्रमश: ५ हजार, ३ हजार र २ हजार नगद पुरस्कार हात पार्नेछन् ।

4 (1)
प्रतियोगिताको खेलकुद मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा र सह–सचिव चूडामणि पौडेलले खेल खेली संयुक्त रुपमा उद्घाटन गरे ।
सो अवसरमा सचिव शर्माले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक प्राप्त गर्ने खेलाडीलाई निजामति सेवा प्रवेशका लागि आरक्षण कोटाको व्यवस्था हुनु पर्ने धारणा व्यक्त गरे ।
निजामति सेवा दिवसकै उपलक्ष्यमा मुख्य सचिव– ११ र ट्रेड युनियन– ११ बीच मैत्रीपूर्ण फुटबल भदौ २१ गते हुनेछ ।

Success

Thank you for your time.