default_image

3 years ago

May 9, 2021

डिआरएस विश्व वरियताको दशौं स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको पब्जी टोली द रियल सोल्जर्स (डिआरएस) विश्व वरियताको शीर्ष १० मा प्रवेश गर्न सफल भएको छ । यसै साता आएको नयाँ वरियतामा डिआरएस दशौं स्थानमा रहँदै इतिहास रच्न सफल भएको हो । डिआरएसले ५ सय ४ अंक जोड्दै दशौं स्थान हासिल गरेको हो । नेपाली टोलीले विश्व वरियतामा हासिल गरेको […]

127 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको पब्जी टोली द रियल सोल्जर्स (डिआरएस) विश्व वरियताको शीर्ष १० मा प्रवेश गर्न सफल भएको छ । यसै साता आएको नयाँ वरियतामा डिआरएस दशौं स्थानमा रहँदै इतिहास रच्न सफल भएको हो ।

डिआरएसले ५ सय ४ अंक जोड्दै दशौं स्थान हासिल गरेको हो । नेपाली टोलीले विश्व वरियतामा हासिल गरेको यो नै सर्वाधिक स्थान हो । दक्षिण एसियाली वरियतामा भने डिआरएस दोस्रो स्थानमा छ । मंगोलियाको जिअस स्पोर्ट्स दक्षिण एसियाली क्षेत्रमा शीर्ष तथा समग्रमा तेस्रो स्थानमा छ । जिअसको ७ सय १० अंक रहेको छ ।

नेपालकै कार्नेज स्पोर्ट्सले ३ सय ५३ अंक जोड्दै विश्व वरियताको ३३ औं तथा दक्षिण एसियाको तेस्रो स्थानमा छ । डेडआइज गाइले २ सय ८४ अंक जोड्दै दक्षिण एसियामा छैटौं तथा विश्व वरियतामा भने ५२ औं स्थानमा छ । सेभेन सी स्पोर्ट्स (२८० अंक) ५४ औं, ट्रेन्ड टु किल (२७७ अंक) ५६ औं तथा स्काइलाइट्ज गेमिङ (२६६ अंक) छौं स्थानमा रहेका छन् ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा वरियता सार्वजनिक गर्ने गरिन्छ । डिआरएसले तीन साता अघिमात्र पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) को दक्षिण एसियाली च्याम्पियनसिपको तेस्रो सिजनको उपाधि जितेको थियो । फाइनलमा डीआरएसले पहिलो स्थान हासिल गर्दै १० हजार अमेरिकी डलर प्राप्त गरेको थियो । २० टोली सम्मिलित प्रतियोगितामा डीआरएसले मंगोलियाको जिअस ईस्पोर्ट्सलाई पछि पर्दै च्याम्पियन बनेको थियो ।

डीआरएस टोलीमा युगेन लामा (माफिया निन्जा), अजय श्रेष्ठ (एजे), निमा तामाङ् (निमा), पेम्बा ग्याल्जेन लामा (ग्याल्जेन), अञ्जन राई (एमआरबोरो) रहेका छन् । दक्षिण एसियाको गत संस्करणमा उपविजेता बनेको डीआरएसले यसअघि ग्लोबल च्याम्पियनसिपमा २० औं स्थान हासिल गरेको थियो ।

Success

Thank you for your time.