default_image

7 years ago

December 23, 2016

ओल्ड दरबार लायन्स गल्फमा ध्रुबको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)– ओल्ड दरबार लायन्स सेन्टेनियल ओपन गल्फ प्रतियोगिताको पहिलो दिन ध्रुब थापाले अग्रता लिएका छन् । रोयल नेपाल गल्फ क्लबमा शुक्रबार सुरु भएको प्रतियोगितामा ध्रुब थापा र पिसानु चार्नफुनले समान ३६ स्कोर गरेका छन् । काउन्ट ब्याकका आधारमा ध्रुब अगाडी छन् । १८ ह्यान्डिक्यापका ध्रुबले फ्रन्ट नाइनमा १६ र ब्याक नाइनमा २० स्कोर […]

46 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– ओल्ड दरबार लायन्स सेन्टेनियल ओपन गल्फ प्रतियोगिताको पहिलो दिन ध्रुब थापाले अग्रता लिएका छन् । रोयल नेपाल गल्फ क्लबमा शुक्रबार सुरु भएको प्रतियोगितामा ध्रुब थापा र पिसानु चार्नफुनले समान ३६ स्कोर गरेका छन् । काउन्ट ब्याकका आधारमा ध्रुब अगाडी छन् ।

dsc_5479
१८ ह्यान्डिक्यापका ध्रुबले फ्रन्ट नाइनमा १६ र ब्याक नाइनमा २० स्कोर गरेका थिए । त्यस्तै ८ ह्यान्डिक्यापका पिसानुले फ्रन्ट नाइटमा १९ र ब्याक नाइनमा १७ स्कोर गरेका थिए । ३५ स्कोरका साथ दामोदर खड्का तेस्रो स्थानमा छन् ।

प्रतिमा शेर्पा महिलातर्फ ४१ अंकसहित शीर्षस्थानमा रहेकी छिन् । ५ ह्यान्डिक्यापकी प्रतिमाले फ्रन्ट नाइनमा २२ र ब्याक नाइनमा १९ स्कोर गरिन् । पवित्रा याकथुम्बा ३२ स्कोरका साथ दोस्रो र सन्ध्या राई २७ स्कोरका जोड्दै तेस्रो स्थानमा छिन् ।

पहिलो दिन ४३ खेलाडीले आफ्नो खेल पुरा गरेका छन् । शनिबार ६० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । लायन्स क्लब अफ दिङला भोजपुरले आयोजना गरेको प्रतियोगितामा पुरुष, महिला, ग्रस, सिनियर, सुपर सिनियर र लायन्स गरि छ वटा विधा समावेश गरिएको छ । पुरुषतर्फको विजेताले नेपाल वायु सेवाको प्रायोजनमा रहेको क्वालालम्पुर र महिलाले बैंककको टिकट प्राप्त गर्नेछन् । त्यस्तै अन्य विजेता र उपविजेताले गिफ्ट ह्याम्पर पाउनेछन् ।

dsc_5440

लायन्स क्लबका सदस्य र उनीहरुका परिवारबीच शनिबार अलग्गै पटिङ प्रतिस्पर्धा हुने बताइएको छ । यति डिस्टिलरी प्रालि मुख्य प्रायोजक रहेको प्रतियोगितालाई ८८४८ भोड्का, स्नोम्यान, एनएलजी इन्स्युरेन्ट कम्पनी प्राली र प्रण सह प्रायोजक रहेका छन् । ग्रिन लाइन सेन्टर प्राली, अतिथी रिसोर्ट एन्ड हेभन स्पा साझेदार रहेको प्रतियोगितालाई पर्पल ईंक प्राली र कर्पोरेट मेनेजमेन्ट सोलुसन नेपालले व्यवस्थापन गरेका छन् ।

Success

Thank you for your time.